जेष्ठ १२ मंगलवार, काठमाडौं । कहिले पत्रकारलाई श्रमजीवि ऐन अनुसार तलब सुविधा नदिएको त कहिले पत्रकारलाई तलब दिन नसकेको आरोप खेपीरहेका एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णीकारलाई फेरि अर्को वित्यास परेको छ ।
सुचना तथा सञ्चार मन्त्रालयले हिजो भाष्करराज राजकर्णीकार कार्यकारी प्रमुख रहेको एभिन्युज टेलिभिजनले लाइसेन्स नविकरण नगरेको भन्दै लाइसेन्स नै रद्द गरेको चिठी पठाएको छ । आफुले टेलिभिजनको नविकरणका सम्पुर्ण प्रकृया पुरा गरेको तर, प्रशासनीक ढिलाइका कारण अफ्ठेरो र झण्झट व्यहोर्नुपरेको बताए ।
उनले टिभिको लाइसेन्स रद्द नगराउन प्रधानमन्त्रीसँग हार गुहार मागेको बालुवाटार स्रोतले बतायो ।
एभिन्युज टेलिभिजनका अध्यक्ष कर्णीकारले प्रधानमन्त्रीलाई अनुरोध गरे पनि कानुनी प्रकृया अनुसार सरकार अघि बढ्ने जवाफ पाएपछि उनी झन् समस्यामा परेको स्रोतले बतायो ।
एभिन्युजका कर्मचारी तथा पत्रकारहरुले लामो समयदेखि तलब सुविधा समेत पाउन नसकेको गुनासो गरिरहेका बेला कणीकारलाई नयाँ झड्का लागेको छ ।