एजेन्सी कराँची,जेठ ११ – पाकिस्तानले जिम्वावे विरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृँखला क्लिन स्विप गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राती भएको दोश्रो खेलमा पनि २ विकेटको जितका साथ पाकिस्तानले ६ वर्षपछि घरमा भएको श्रृँखला क्लिन स्विप गरेको हो । दोश्रो खेलमा जिम्वावेले दिएको १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३ बल बाँकी छदै ८ विकेट गुमाएर खेल जित्यो । पाकिस्तानको जितमा मुक्तर हमदले सर्वाधिक ६२ रन बनाए । त्यस्तै उमर अकलले ३० तथा अहमद साहजाद र नउमेन अनवरले समान १८ रन बनाए ।  जिम्वावेका क्रिक मपोफु र शेन विलियम्सले समान २ विकेट लिए । यसअघि पाकिस्तानको लाहोर स्थित गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको जिम्वावेले निर्धारीत २० ओभरमा ३ विकेट गुमाउदै १ सय ७५ रन बनाएको थियो । जिम्वावेका लागि कप्तान शेन विलियम्सले सर्वाधिक ५८, भिसु सिवान्दाले ४९ र हेमल्टन मासाकाजाले ३९ बनाएका थिए । पहिलो खेलपनि ५ विकेटले जितेको पाकिस्तानले सिरिज २–० ले जित्यो । म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज दुवै खेलमा अर्धसतक प्रहार गरेका पाकिस्तानका मुक्तर अलि घोषित भए ।