११ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उप्रेतीले रातोपुलस्थित आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार तीन तले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पोसो लगाएर उप्रेतीले आत्महत्या गरेका छन् ।
उनीहरुले खबर गरेपछि प्रहरी गएको थियो । कमलपोखरी प्रहरीका इन्स्पेक्टर नारायण रन्जितकारका अनुसार उपेन्द्रको सुसाइड नोट पनि भेटिएको छ ।
परिवारका सदस्यहरुलाई सम्बोधन गरिएको सुसाइड नोटमा आफ्नो अन्त्येष्टि बाग्मतीमा नगर्न र शव शिक्षण अस्पतालका विद्यार्थीहरुलाई दिन भनेका छन् ।