१० जेठ, काठमाडौं । नेपालको इतिहासमै एक महिना बन्द भएर आइतबारदेखि सेयर बजार खुल्दैछ। वैशाख १२ को महाभूकम्पका कारण बजार यति लामो समयसम्म बन्द भएको हो।
कुल
अर्थतन्त्रको
२५
देखि
३०
प्रतिशतसम्म
भूकम्पले
क्षति
पु:याएको
प्रारम्भिक
आँकलन
छ।
यो
सँगै
आमलगानीकर्ताको
मनोविज्ञानमा
नकारात्मक
असर
परेको
छ।
यसले
पक्कै
पनि
लगानीकर्ताको
आत्मबल
केही
घटाएको
छ।
तर,
यस्तो
नकारात्मक
मनोविज्ञानले
लामो
समयसम्म
काम
नगर्ने
सेयर
बजारका
विश्लेषक
र
लगानीकर्ताको
ठम्याइ
छ।
हाम्रो
सेयर
बजारमा
बैंक
तथा
वित्तीय
संस्थाको
वर्चस्व
छ।
यसबाहेक
बिमा,
होटेल
र
जलविद्युत
कम्पनीको
उपस्थिति
पनि
बढ्दोक्रममा
छ।
बैकिङ
समूहमा
हुने
उतारचढावले
बजारको
आगामी
बाटो
तय
गर्न
महत्त्वपूर्ण
भूमिका
निर्वाह
गर्ने
देखिन्छ।
भूकम्पले
तत्कालका
लागि
बैंकिङ
क्षेत्रको
मुनाफामा
केही
असर
पुर्याउने
देखिन्छ।
विशेषगरी
रियल
स्टेटमा
बैंकले
गरेका
लगानीको
अवस्था
र
पुर्याएको
क्षतिको
वास्तविक
अंक
सार्वजनिक
भएको
छैन।
व्यक्तिगत
घर,
हाउजिङ
तथा
अपार्टमेन्टमा
बैंकले
गरेको
ऋण
लगानीमा
बिमा
गरिने
भएकाले
क्षतिको
पूरै
अंश
बैंकले
व्यहोर्नु
पर्दैन।
सेयर
बजारमा
कारोबार
भएपछि
केही
दिनसम्म
बिमा
कम्पनीको
सेयरमा
बिक्री
चाप
बढ्ने
विश्लेषक
बताउँछन्।
जीवन
बिमा
गरेका
सबैको
भुक्तानीका
लागि
दाबी
प्राप्त
भइनसकेको
अवस्था
छ।
बिमा
गरेका
कति
व्यक्तिले
भूकम्पमा
ज्यान
गुमाए
भन्ने
यकिन
विवरण
आएपछि
त्यसको
वास्तविक
प्रभाव
पुँजी
बजारमा
देखिनेछ।
यसैगरी,
पर्यटन
उद्योगमा
भूकम्पले
असर
गरेकाले
होटेल
समूहको
सेयरमा
केही
समय
बिक्री
चाप
बढ्ने
अवस्था
छ।
बजारमा
अल्पकालमा
नकारात्मक
असर
गरे
पनि
एउटा
निश्चित
बिन्दुमा
ओर्लिएपछि
सेयरको
माग
बढ्न
गई
पुन:
बढ्न
थाल्ने
भएकाले
लगानीकर्ताको
धैर्यता
र
आत्मविश्वास
बढी
महत्त्वपूर्ण
हुन्छ।
बजार
केही
दिन
घटेपनि
केही
समयपछि
फेरि
क्रेताको
चाप
पर्ने
भएकाले
राम्रा
कम्पनीमा
लगानी
गरेकाले
होल्ड
गर्नु
उपयुक्त
हुने
उनी
सुझाव
दिन्छन्।
भूकम्पले
नकारात्मक
पाटोमात्रै
देखाएको
छैन।
सम्भावना
पनि
बोकेर
आएको
छ।
पुनर्निमार्णका
लागि
खर्बौं
रुपैयाँ
आवश्यक
पर्ने
भएकाले
बैंकलाई
आगामी
दिनमा
लगानी
समस्या
हुनेछैन।
पर्याप्त
लगानी
अवसर
पाउँदा
मुनफा
बढाउने
अवसर
प्राप्त
हुनेछ।
यसको
फाइदा
लगानीकर्तासम्म
आइपुग्छ।
यसैगरी,
भूकम्पले
सर्वसाधारणलाई
आफ्नो
सम्पति
र
स्वंयको
समेत
बिमा
गर्नुपर्ने
रहेछ
भन्ने
सिकाएको
छ।
आगामी
दिनमा
जीवन
र
निर्जीवन
दुवै
क्षेत्रमा
बिमा
गर्नेहरू
बढ्ने
भएकाले
बिमा
व्यवसाय
निकै
फस्टाउने
निश्चित
छ।
यसको
फाइदा
बिमा
कम्पनीका
सेयर
किन्ने
लगानीकर्ताले
नै
पाउनेछन्।
पर्यटन
क्षेत्रमा
सुधारका
कार्यक्रम
अघि
बढाउने
पहल
सुरु
भइसकेकाले
केही
समयपछि
होटेलको
अवस्था
सुध्रिने
अपेक्षा
गर्न
सकिन्छ।