१० जेठ, काठमाडौं । म्याग्दीको राम्चे गाविस ७ स्थित काफलडाँडामा राती २ बजे पहिरो खस्ता कालीगण्डी नदी थुनिएको छ भने पहिरोले १६ घर पुरिएका छन् तथा मानविय क्षती भने भएको छैन ।

पहिरोका कारण भगवती गाविस २ को बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले अनलाइनखबरलाई जानकारी दिए । मानवीय क्षति भए नभएको एकिन नभएको उनले बताए ।

काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ । सो क्षेत्र भूकम्पलगत्तै कमजोर भएको थियो । आइतबार विहान २ बजेतिर नदी थुनिएको अनुमान गरिएको छ । विहान ३ बजेतिर नदी थुनिएको जानकारी पाएका स्थानीयबासिन्दा आतंकित हुँदै सुरक्षित स्थानको खोजीमा लागेका छन् ।

घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् ।