मुम्बई, जेठ ८(एजेन्सी)
चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंलोरलाई ३ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०१५ को फाइनलमा प्रवेश गरेको छ।
चेन्नईलाई जिताउने क्रममा माइकल हसीले सर्वाधिक ५६ रन बनाए। ४६ बल खेलेका उनले ३ चौका र दुई छक्का प्रहार गरे। महेन्द्र सिंह धोनीले २६ रन बनाए। डिप्लुसीले २१ रन बनाए। यस्तै डिआर स्मिथले १७ रन बटुले। पवन नेगीले १२ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो। १४० रनको लक्ष्य चेन्नईले अन्तिम बल अगाडि नै पूरा गर्यो।