९ जेठ, काठमाडौं । एएफसी यू-१४ फेस्टिबल अफ फुटबल २०१५ को आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले पाकिस्तानको यू-१४ टिमलाई १-० ले हराउँदै सुखद सुरुवात गरेको छ ।

AFC-U-14-Footabll-Festivalताजकिस्तानको दुसाम्बेमा भएको खेलमा ३८ औं मिनेटमा रेजिन सुब्बाले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

सातवटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल अफगानिस्तानमा सोमबार खेल्नेछ।