काठमाडौं, जेठ ८ – नेकपा एमालेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ ।
यसअघि मन्त्रालयको जिम्मेवारी लिनुभएका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिनुभएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । मन्त्रीमा शेर्पालाई आजै नियुक्ति गरी साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने तयारी छ ।