नागरिक उड्ययन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन्।

एमालेलेका तर्फबाट तत्कालीन मन्त्री भीम आचार्यका ठाउँमा मन्त्री बनेका अमात्यले बिहीबार राजीनामा दिएका हुन्। राजनीतिक नियुक्तिलाई दिएर पार्टीको नेतृत्वहरुबाट दबाव आएको भन्दै मन्त्री अमात्यले राजीनामा दिएका हुन्।

अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसकेका छन्।