काठमाडौं, जेठ ७ – बिहीबार दिउँसो ४५ मिनेट भित्र ४ रेक्टरमाथिका २ वटा पराकम्पन गएका छन् । दिउँसो २ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै त्यसको ४५ मिनेटपछि अर्थात २ बजेर ५६ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टरको अर्को पराकम्पन गएको छ । ४ रेक्टर भन्दा कम स्केलका पराकम्पन गइरहेकाले सतर्क हुन तर नआत्तिन विज्ञको आग्रह छ ।
पाँच दिनदेखि भूकम्पको परकम्प कम हुँदै गएको छ । विज्ञहरुका अनुसार ५ रेक्टर स्केलसम्मका परकम्पनलाई साना मानिन्छ र यसले धेरै क्षति गर्दैन ।