काठमाडौँ, जेठ ७–भूकम्पपछिको नेपालको अवस्था तथा पुनः निर्माण एवम् राहतबारे आफ्ना नेपाली समकक्षीसँग छलफल गर्न चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदैै दुईदिने भ्रमणमा आज नेपाल आउँदै छन् ।
प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहेको यहाँस्थित चिनिया दूतावासले जनाएको छ ।