काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार काठमाडौंको खुलाञ्चमा गरिएको कार्यक्रममा एक व्यक्ति कुटिएका छन् ।
भूकम्पले गरेको विनाश र पार्टीले गरिरहेको राहत तथा उद्धारप्रक्रियाबारे गरिएको पत्रकार सम्मेलनका क्रममा प्रश्न सोध्ने एक व्यक्तिलार्इ विप्लवका कार्यकर्ताले रक्ताम्य हुने गरी कुटेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा ती व्यक्तिले नेताहरु र राजनीतिक दललार्इ गाली गरेको भन्दै विप्लवका कार्यकर्ताले मुक्का बर्साएका थिए ।
महासचिव विप्लवसमेत उपस्थित पत्रकार सम्मेलनका क्रममा सर्वसाधरणको भींडमा रहेका ती ब्यक्तिले जथाभावी गाली गरेको भन्दै प्रहरीकै अगाडि विप्लवका कार्यकर्ता जार्इ लागेका थिए ।
पत्रकार सम्मेलन भइरहँदा कुटिएका ती व्यक्तिले दलहरुले केही नगरी गफमात्र गर्ने गरेको भन्दै महासचिव विप्लवलार्इ प्रश्न गर्नेवितिकै उनीमाथि आक्रमण भएको हो ।
कुटार्इ खाने सन्दिप कुवँर नाम गरेका व्यक्ति काठमाडौंको महाबौद्धमा बस्दै आएको बताइएको छ । कुवँरको अहिले महांकालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।