एजेन्सी : इराक, सिरिया र लिबियामा आतंक मच्चाइरहेको इस्लामिक स्टेटका दोस्रो ठूलो नेता अमेरिकी गठबन्धनको हवार्इ कारबाहीमा मारिएका छन् ।

इराकको रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकको एक मष्जिदमा गरिएको हवार्इ हमलामा आर्इएसका दोस्रो ठूला नेता अब्दुल रहमान मुस्तफ़ा मोहम्मद मारिएका हुन् ।

इराकी रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल तहसिन इब्राहिमले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलार्इ जनाएअनुसार मस्जिदलार्इ निशाना बनाएर गरिएको आक्रमणका क्रमा अब्दुल रहमान मुस्तफ़ा मोहम्मद मारिएका हुन् ।

अब्दुल रहमान मुस्तफ़ा मोहम्मद अबु अल्ला अलअफरीको नामबाट पनि परिचित छन् । प्रवक्ता इब्राहिमले दिएको जानकारी अनुसार अब्दुल रहमान उनका दर्जनबढी चरमपन्थीसँगै बैठकमा बसिरहेका थिए ।

अपुष्ट खबरअनुसार आर्इएसको गतिविधिको कमानी केही दिनयता अफरीले सम्हालिरहेका थिए । अघिल्लो हप्ता अमेरिकी विदेशमन्त्रालयले अफरीबारे सुराकी दिनेलार्इ ७० लाख डलरको पुरस्कार घोषणा गरेको थियो ।

तर यसघि पनि इराकी अधिकारीहरुले यसअघि पनि भएका कयौं कारबाही उनी मारिएको भनी गरेका सबै दाबी झुटा सावित भएका थिए ।