शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले जिल्लामा सातजना विद्यार्थी भर्ना हुनबाट छुटेको भन्ने गलत तथ्यांक दिएको खुलेको छ। राज्यको लाखौं रुपैयाँ भर्ना अभियानमा सकिएको भए पनि अझै थुप्रै बालबालिका विद्यालयभन्दा बाहिर रहेको पाइएको हो। इकाईले जिल्लाको विकट महाभारत गाउँपालिकामा पाँच र रोशी गाउँपालिकामा दुई बालबालिकामात्र विद्यालय भर्ना हुन छुटेको तथ्यांक दिएको हो। जिल्लाका १३ वटै […]