सूचना प्रविधि

एभिन्युजको लाइसेन्स रद्द

जेष्ठ १२ मंगलवार, काठमाडौं । कहिले पत्रकारलाई श्रमजीवि ऐन अनुसार तलब सुविधा नदिएको त कहिले पत्रकारलाई तलब दिन नसकेको आरोप खेपीरहेका एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णीकारलाई फेरि अर्को वित्यास परेको छ । सुचना तथा सञ्चार मन्त्रालयले हिजो भाष्करराज राजकर्णीकार  कार्यकारी प्रमुख रहेको एभिन्युज टेलिभिजनले लाइसेन्स नविकरण नगरेको भन्दै लाइसेन्स नै रद्द गरेको चिठी पठाएको छ । आफुले […]

फोन सेवा अवरुद्ध….

काठमाडौं, ३० वैशाख मंगलबार आएको भूकम्पका कारण ३ वटा जिल्लाको फोन सेवा थप अवरुद्ध भएको छ । भूकम्पबाट बिटिएस टावर तथा ब्याकअपमा क्षति पुगेपछि दोलखा, सिन्धुपाल्चोक र रामेछापको फोन सेवा थप अवरुद्ध भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । १२ वैशाखमा आएको भूकम्पबाट नेपाल टेलिकमको दोलखामा भएको १२ मध्ये ५, रामेछापको १७ मध्ये १ र सिन्धुपाल्चोकको […]

भाइबर फेरि निःशुल्क

नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा सुरु गरेको छ । वैशाख १२ को भूकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने कल (भाइबर आउट) निःशुल्क गराएको हो । टि्वटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र […]

माइक्रोसफ्टले विन्डोज भर्सनको उत्पादन बन्द गर्ने

(एजेन्सी) – माइक्रोसफ्टले हाल उत्पादन गर्दै आएको विन्डोज अपरेटिङ सिस्टमको उत्पादन बन्द गर्ने भएको छ । माइक्रोसफ्ट डेभलपमेन्टका प्रमुख जेरी निक्सनले यसै साता आयोजना गरिएको एक कन्फ्रेन्समा बोल्दै विन्डोज १० नै विन्डोज भर्सनको अन्तिम उत्पादन हुने बताएका छन् । उनले विन्डोजलाई अपडेट गरिने समेत बताए । उनले विन्डो १० लाई परिमार्जित गर्दै लैजाने बताए । […]

नेपाल टेलिकम र एनसेललाई नि:शुल्क फ्रिक्वेन्सी

दूरसञ्चार प्राधिकरणले महाभूकम्पबाट धेरै टावरहरूमा क्षति पुगेकोले तत्कालका लागि नेपाल टेलिकम र एनसेललाई नि:शुल्क रूपमा चारचार मेगाहर्ज फ्रिक्वेन्सी नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको छ। महाभूकम्पबाट ग्रामीण र दुर्गम क्षेत्रका दूरसञ्चार पूर्वाधारमा धेरै क्षति भएपछि राहत तथा पुनस्र्थापनाका लागि गुणस्तरीय र सर्वसुलभ दूरसञ्चार सेवा पु:याउन फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय प्राधिकरणले बुधबार गरेको हो। विपद्को समयमा मोबाइल […]