फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्। भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ। फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले […]