खेलकुद

नरेन्द्र श्रेष्ठ एन्फाका नयाँ अध्यक्ष

नेपाली फुटबलको ६५ वर्षको इतिहासमा सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयन पहिलोपटक मतदानको आधारमा सम्पन्न भएको छ। संस्थापन पक्षका मानिने नवनिर्वाचित अध्यक्ष नरेन्द्र श्रेष्ठकै प्यानलका मणि कुँवर उपाध्यक्ष चुनिएका छन्। रिक्त रहेका दुई महत्वपूर्ण पद, अध्यक्ष र उपाध्यक्षमा आगामी एक वर्षका लागि भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठ तथा कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दिएका […]

महिला क्रिकेट टोलीका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने

काठमाडौं । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो । उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल […]

सात करोड खर्च, १७ लाख अभावमा क्रिकेट मैदान चलेन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प छ । सात करोड निर्माण कार्यमा खर्च भइसकेको छ, थप १७ लाख खर्च भए मैदान सञ्चालनयोग्य बन्छ । तर, गत वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गरेपछि निर्माण कार्य थप अन्योलतर्फ धकेलिएको छ […]

विधान विपरित निर्वाचन गरेको आरोपमा फुटबल अध्यक्ष पाँच वर्षका लागि निलम्बित

ऐजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) पूर्व कार्यसमिति सदस्य थाइल्यान्डका वारावी मकुदी निर्वाचनमा गलत कागजपत्र पेश गरेको आरोपमा ५ वर्षका लागि फुटबलको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरि निलम्बित भएका छन्। फिफाको अनुशासन कमिटीले मंगलबार उनलाई पाँच वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गर्यो। अनुशासन कमिटीको निर्णायक मण्डलले उनीविरूद्ध गलत र गैरकानुनी कागजपत्र पेश गरेको […]

एसिया कपमा छानिनु ठूलो उपलब्धि: रुबिना क्षेत्री

ऐजेन्सी । हङकङमा भएको विश्वकप क्रिकेटको छनौट प्रतियोगिता खेलेर नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ। महिला राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र क्रिकेट संघका पदाधिकारी विमानस्थल पुगेका थिए। त्रिभुवन अन्तराष्टिय विमानस्थलमा ओर्लिएलगत्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा भएको विश्वकप क्रिकेटको एसियाली छनोट पार गर्न नसके […]

नेइमार थप पाँच वर्ष बार्सिलोनामै बस्ने

ऐजेन्सी । बार्सिलोनाको समर्थकका लागि खुसीको खबर। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा कीर्तिमानी रकममा अनुबन्धित हुन सक्ने हल्लाको बीच ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई क्याटलान क्लबले सन् २०२१ सम्मका लागि आफ्नै क्लबमा राख्न सक्षम भएको छ। क्लबले सोमबार आफ्नो आधिकारीक ट्वीटर अकाउन्टमार्फत समर्थकलाई जानकारी दिएको छ, ‘नेइमारको थप पाँच वर्षको अनुबन्धको समय बढाइएको छ।’ २४ वर्षीय […]

हेटौंडामा सुरु भयो ४० वर्षमाथिका खेलाडीको अन्तर्राष्ट्रिय फुटबल

मकवानपुर । मकवानपुरको हेटौंडामा आजदेखि ४० वर्षमाथिका खेलाडीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। रोटरी क्लव मकवानपुरले आयोजना गरेको प्रतियोगितामा बंगलादेशसहित, भारत र नेपालका गरी १२ टिमको सहभागिता रहेको ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए। आज भएको उद्घाटन खेलमा काठमाडौंको सानो गौचरण नाइट किङ र चितवनको ध्रुवतारा ११ क्लव भिडे । जसमा ध्रुबतारा २० गोलले विजयी भयो। […]

एन्फा अध्यक्षको निर्वाचन कात्तिक ८ गते

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वका लागि आगामी कात्तिक ८ गते चुनाव हुने भएको छ । मंगलबार एन्फा हाउस सातदोबाटोमा बसेको कार्यसमिति बैठकले कात्तिक ८ मा साधारण सभाबाट अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। यो साधारण सभाले एन्फाको अध्यक्ष र उपाध्यक्षसहित नयाँ नेतृत्व चयन गर्नेछ। एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले प्रतिवन्ध लगाए […]

नेदरल्याण्डमाथि नेपालको २१८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। कप्तान पारस खड्काको ८४ रनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २१७ रन बनाएको हो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रन बनाए। १४.४ ओभरमा ६ रन बनाएर सरद भेसवाकर आउट […]

सान्चेज उत्कृष्ट युवा खेलाडी

पेरिस: पोर्चुगलका मिडफिल्डर रेनाटो सान्चेज युरोकप फुटबल प्रतियोगिता—२०१६ का उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । सोमबार बिहान भएको फाइनल खेलमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै च्याम्पियन बनेको पोर्चुगलका महत्त्वपूर्ण खेलाडी सान्चेज प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी चुनिएका हुन् । सान्चेजले सो अवार्डका लागि आफ्नै राष्ट्रका राफेल गुइरेरो र फ्रान्सेली खेलाडी किङ्सले कोमानलाई […]