समाचार

समाजिक कुरीतिविरुद्ध धामीझाँक्री नै सक्रिय

वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्। विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता जनाएका हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन्। लामो समय धामीका रुपमा […]

प्रचण्ड-ओली दन्त बझानमा

संसद् अवरोध लम्बिदै गएका बेला प्रधानमन्त्री प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आरोप-प्रत्यारोप बढ्दै गएको छ। दाङ पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सहमतिको विकल्प नभएको दोहर्याए। तर प्रमुख प्रतिपक्षी एमालेलाई क्रुद्ध बनाइदिएको संशोधन विधेयक अघि बढाउने दृढता पनि व्यक्त गरे। उनले भने, “यो प्रस्ताव फिर्ता हुन सक्दैन, संसदमा प्रवेश गरिसकेकाले […]

भारतबाट ‘थप २२० मेगावट’ बिजुली

तिहारयता राजधानी काठमाण्डूमा लोडसेडिङ् नगरेको र अन्य जिल्लामा पनि लोडसेडिङ् कम गर्ने योजनामा रहेको बताउँदै आएको विद्युत प्राधिकरणले यो वर्ष थप २ सय २० मेगावाट विद्युत भारतबाट खरिद गर्न लागेको जनाएको छ। भारतले विद्युत दिन सहमति जनाइसकेको र उक्त विद्युत ल्याउन नेपालमा आवश्यक पर्ने संरचना निर्माणको काम अन्तिम चरणमा रहेको अधिकारीहरुले बताएका छन्। जाडो मौसमसँगै […]

पत्रकार महासङ्घमा अक्षयकोष स्थापना

पत्रकार दुर्गालाल केसीको परिवारले बुबाको सम्झनामा नेपाल पत्रकार महासङ्घ, दाङ शाखामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सो कोषको ब्याजबाट आउने रकमले प्रत्येक वर्ष एकजना पत्रकारलाई सम्मान गरिने परिवारले जनाएको छ । पत्रकार केसीका बुबा स्व धनीराम खत्रीको सम्झनामा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र प्रगतिशील पत्रकार महासङ्घले गरेको […]

अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन पाइने

यातायात व्यवस्था कार्यालयले आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन लिने भएको छ। आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै कार्यालयले औपचारिक रुपमा आगामी आइतबारदेखि अनलाइनबाटै आवेदन लिने भएको हो। सिंहदरबारमा सफ्टवेर जडान गरी अहिले डिपार्टमेन्टमा इन्जिनियरिङ काम भइरहेको कार्यालयले जनाएको छ। आइतबार भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यो सिस्टमको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम […]

तत्काल काममा नफर्किए कारबाही

भूकम्पपछिको पुनर्निर्माणका लागि खटाइएका प्राविधिकहरु तत्काल काममा नफर्किए वैकल्पिक व्यवस्था गरेर अर्को हप्तासम्ममा गाँउमा प्राविधिक पठाइने शहरी विकास मन्त्रीले बताएका छन्। सामूहिक राजीनामा दिएका प्राविधिकलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने प्रक्रियाको अन्तिम निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकबाट गरिने उनको भनाइ छ। राजीनामा दिएका प्राविधिकहरुले भने आफ्ना अन्य माग पनि क्रमश: सम्बोधन हुने सुनिश्चित गरिएमात्रै काममा फर्किने […]

एकताविरुद्ध षड्यन्त्र पराजित गरौं-पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले क्रान्ति र अग्रगमनका नाममा मुलुकको एकता टुक्र्याउने प्रयास भइरहेको र त्यसलाई पराजित गर्न सबैको ऐतिहासिक दायित्व बनेको बताएका छन् । ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ,’ बुधबार एउटा वक्तव्य जारी गर्दै पूर्वराजा शाहले […]

१३ सय ६० इन्जिनियरले दिए सामूहिक राजीनामा

भूकम्पपछिको पुननिर्माणमा खटिएका करीव १३ सय ६० इन्जिनियरले सामुहिक राजीनामा दिएका छन् । भूकम्पबाट अति प्रभावित ११ जिल्लामा परिचालित इन्जिनियरिङ सेवामा रहेका इन्जिनियर, सव इन्जिनियर र असिष्टेन्ट सव इन्जिनियर गरी करिब ७० प्रतिशतले हस्ताक्षर गरेको राजीनामा पत्र सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख शिवहरि शर्मालाई मंगलबार बुझाइएको हो । इन्जिनियरिङ सेवाका प्राविधिकले सामूहिक […]

भारतीय भाउका कारण इन्धनको मूल्यवृद्धि

खुला सिमाना रहेको छिमेकी भारत र नेपालको पेट्रोलियम पदार्थको मूल्यमा रहेको असमानतालाई साघुँरो तुल्याउन इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्। खासगरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न एलपी ग्यास र हवाई इन्धनबाहेकका इन्धनको मूल्य वृद्धि गरिएको निगमको तर्क छ। निगमले सरकारी निर्देशन अनुरुप मूल्य वृद्धि गरेको बताएपनि त्यसको विरोध गरिरहेका युवादेखि उपभोक्ता […]

नेपाली कामदारले कतारी मानवअधिकार समितिमा उजुरी दिनसक्ने

नेपाली कामदारका गुनासा र उजुरी सुन्न राष्ट्रिय मानव अधिकार आयोग र कतारको राष्ट्रिय मानवअधिकार समितिले एउटा संयुक्त उजुरी संकलन केन्द्र खोल्ने सहमति गरेका छन्। पछिल्लो निर्णयसँगै अब कतारी मनावअधिकार समितिको कार्यलयमा स्थापित संयुक्त डेस्कले नेपाली कामदारका हकहितका विषयमा अनुगमन र अनुसन्धान गर्नेछ। यसअघि सन् २०१५ मा नेपाल र कतारले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि एउटा […]