समाचार

ज्याला सरकारबाट लिऊ

सरकारले सिन्धुपाल्चोकका तीन गाविसमा ज्यालामा आधारित ‘भग्नावशेष हटाऊ अभियान’ सुरु गरेको छ । स्थानीय विकास मन्त्रालयले कर्थली, इर्खु र कुञ्चोक गाविसका घरहरूको भग्नावशेष हटाउन काममा आधारित ज्याला अभियान सुरु गरेको हो । ‘भूकम्प प्रभावितहरूले भत्किएको घरको भग्नावशेष आफैंले श्रम गरेर हटाउनुपर्नेछ,’ मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले भने, ‘त्योबापत उनीहरूले दैनिक ज्याला पाउनेछन् ।’ प्रभावित बासिन्दाहरूले जिल्ला […]

जेठ १५ सम्म विद्यालय बन्द

शिक्षा मन्त्रायले जेठ १५ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको छ । महाभूकम्पपछि मंगलबार फेरि पनि शक्तिशाली भूकम्प गएपछि तत्काल जेठ १ गतेबाट विद्यालय सुचारु हुन नसक्ने भन्दै उक्त निर्णय गरेको हो । ‘पटक पटकको भूकम्पले आम मानिसलाई त्रसित तुल्यारहेको छ,’ मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले कान्तिपुरसित भने, ‘त्यसैले जेठ १५ सम्म विद्यालय बन्द रहने […]

भूकम्पले दोलखामा १० र सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु

मंगलबार दिउँसो आएको शक्तिशाली भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, […]

जयललितालाई अदालतद्वारा सफाई

बैंगलोर, (एजेन्सी)– भारतीय अदालतले तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिता जयरामलाई भ्रष्टाचार मुद्दामा सोमबार सफाइ दिएको छ । पूर्व अभिनेत्री उनीविरुद्ध आयभन्दा बढी अकूत सम्पत्ति जम्मा गरेको आरोपमा मुद्धा चलाइएको थियो । अदालतले उनीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सुनाउँदै सोमबार सफाइ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रारम्भिक अनुसन्धानमा अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो […]

पश्चिम बंगालबाट ७० हजार त्रिपालसहित राहत आउने

भारतको पश्चिम बंगाल सरकारले नेपाली भूकम्पपीडितका लागि दोस्रो चरणमा पठाउन लागेको राहतमा २० हजार त्रिपाल थप गरेको छ । ‘अब ७० हजार त्रिपाल पुग्ने भयो, पश्चिम बंगाल सरकारतर्फबाट औपचारिक जानकारी आएको छ,’ कोलकतास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले टेलिफोनमा भने, ‘२८ ट्रक राहत सामग्री मंगलबार रक्सौल हँुदै वीरगन्ज पुग्दै छ ।’ ममता बेनर्जी नेतृत्वको सरकारले दोस्रो […]

चुरोट छोड्न चाहानुहुन्छ ?

कुनै पनि कुराको लत लागे पछि छोड्न लाइ त्यति सजिलो लाग्दैन। सजिलो नलाग्नुको एउटै कारण हो । हामि चुरोट खान छोड्नु लाइ भित्रै अात्मा देखि नै गाह्रो हुने महसुस गर्छाै र बिभिन्न वाहानामा अाफुले चुरोट छोड्न नसक्ने वताउछाै अझ भनै हामी यसो भन्छाै म यस कारण चुरोट छोड्न सक्दिन जस्तै चुरोट खाने साथिहरू सँग संगत […]

नेपाल टेलिकमले कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ करोड उपलब्ध

काठमाडौं : गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका जनताका लागि नेपाल टेलिकमले कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि २५ करोड उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त चेक हस्तान्तरण गरे। यस्तैगरी कम्पनीमा कार्यरत कर्मचारीको […]

नेपालमा भूकम्प समय रेखा

२८ वैशाख, काठमाडौ । बि.सं १३१० आषाढ शुक्ल तृतीया सोमबार, राजा अभय मल्लको शासनकालमा काठमाण्डौंमा गएको करिब ७.७ रेक्टर स्केलको भूकम्प हालसम्म नेपालमा अभिलेख प्राप्त भूकम्प मध्ये पहिलो प्रमाण । बि.सं १३१६ राजा जय देवको पालामा गएको भूकम्पका कारण अपार जनधनको क्षति भई अनिकालको सामना । वि.सं १४६४ भाद्र शुक्ल द्वादशीको दिन राजा श्याम सिंहको […]