समाचार

विद्यालयमा विदेशी गीत, संगीत र नृत्यमा रोक

शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, संगीत र नृत्यलाई रोक लगाएको छ। विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत–संगीत र नृत्य मात्र समावेश गर्न पाइनेछ। सांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा विदेशी गीत–संगीत र नृत्यलाई रोक लगाइएको शिक्षा विभाग, सह–क्रियाकलाप तथा समसामयिक शिक्षा शाखाले जनाएको छ। शाखाले उक्त व्यवस्था कार्यान्वयन गर्न हालैमात्र […]

वरिष्ठ लेखक कमलमणि दीक्षितको निधन

नेपाली वाङ्मय र साहित्य इतिहासमा विशिष्ट योगदान पुर्याउने लेखकका रुपमा परिचित कमलमणि दीक्षितको बिहीबार निधन भएको छ। मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष ८७ वर्षे दीक्षितले केही समययता श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गराइरहेका थिए। बिहीबारै बिहानै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। योगदान इतिहासकार प्रत्यूष वन्तको हेराइमा, अनुसन्धानकर्ता लेखक र नेपाली भाषाका सामाग्रीको पुस्तकालय […]

राजधानीको बिजुली अापुर्ति नियमित हुने

स्यूचाटार प्रसारण लाइनको जम्पर तार चुडिएपछि अवरुद्ध भएको उपत्यकाको बजुली आपूर्ति दिउँसो चार बजेपछि नियमित हुने भएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले सेतोपाटीसँग कुरा गर्दै प्राविधिकहरुले काम गरिरहेको र अब तीन घन्टामा काम सकिएपछि राजधानीको बिजुली आपूर्ति नियमित हुने बताए। अहिले कुलेखानी र खिम्तीको प्रसारणलाइनबाट काठमाडौंमा विजुली आपूर्तिको व्यवस्था मिलाइएको भएपनि केही  ठाउँमा […]

महिला बन्दी गृहमा पुरुष

सदरमुकाम चरिकोटमा रहेको कारागारको महिला बन्दी गृहमा पुरुष कैदी/बन्दी राखिएकाले महिला कैदी/बन्दीलाई अन्य जिल्लामा पठाउने गरिएको छ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले पुरुष र महिला राख्ने छुट्टाछुट्टै नयाँ बन्दीगृह बनाउन बजेट विनियोज गरेको भएपनि ठेकेदारले पुरुष बन्दी गृह समयमै सम्पन्न नगरेकाले महिला बन्दि गृहमा पुरुष कैदी/बन्दी राखिएको चरिकोट कारागारका प्रमुख मुकुन्द पन्थले […]

मेलम्ची: एउटा महत्वपूर्ण सुरुङ खन्ने काम सकिदैं

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो महत्वपूर्ण खण्डको रुपमा रहेको सुन्दरीजल-सिन्धुको सुरुङ खन्ने काम बुधवार पूरा हुने मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरुले बताएका छन्। तीन खण्डमा विभाजन गरी थालिएको सुरुङ निर्माण अन्तर्गत सुन्दरीजल-सिन्धुको साढे नौ किलोमिटर सुरुङ खन्ने काम पूरा हुन लागेको हो। दुवैतर्फबाट खन्ने काम भइरहेको र अब १० मिटर सुरुङ खनेपछि पहिलो खण्ड पूरा हुने […]

ग्यास बिक्री ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं ग्यास बिक्रेता महासंघले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै ग्यास बिक्री ठप्प पार्ने चेतावनी दिएको छ। महासंघले ग्यास बिक्री गर्ने प्रक्रियामा देखिएका समस्याबारे पटक–पटक सरकारलाई ध्यानाकर्षण गराइए पनि हालसम्म समाधान नभएको भन्दै ग्यास बिक्री रोक्ने चेतावनी दिएको हो। महासंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको गरी आफ्ना सात बुँदे माग अघि सारेको छ। महासंघका महासचिव चन्द्र […]

अवसरले देखायो घुम्टो बाहिरको संसार

सिरहा जिल्लाको नहरा वल्कवा गाविस–४ की समुन्द्रीदेवी महतो कुनैबेला घरको संघार काटेर हिँड्नु समयको बर्बादी हो भन्ने ठान्थिन्। अनुहार सँधै घुम्टोले ढाकेर हिड्ने उनी अपरिचित मानिससँग बोल्नुपर्दा लाजले भुतुक्कै हुन्थिन्। तर, तिनै समुन्द्रीदेवी अहिले गाविसको बजेट खर्चको हिसाबकिताब हेर्छिन्, हिसाब दुरुपयोग भेटिए तुरुन्तै कारबाही गर्छिन्। वडा नागरिक मञ्चको अध्यक्ष बनेयता उनको दिनचर्या यसरी नै बदलिरहेको […]

निर्वाचन सम्बन्धी विधेयक: शीर्ष तहमा छलफल आवश्यक

संसदमा रहेका निर्वाचन सम्बन्धी तीनवटा विधेयकको टुङगो लगाउन राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले प्रमुख दलका शीर्ष नेतृत्व तथा विज्ञहरुसँग छलफल गर्ने बताएको छ। प्रस्तावित विधेयकका कतिपय प्रावधान प्रति दलहरुको सहमति आवश्यक रहेको भन्दै समितिले कार्यसूची बनाएर विधेयकलाई अन्तिम रुप दिने प्रयास गरिरहेको जनाएको छ। निरन्तरको संसद अवरोधले चुनावसँग सम्बन्धित दुईवटा विधेयक संसदमा प्रस्तुत नै हुन सकेका […]

क्षतिग्रस्त दश प्रतिशत घर मात्र बने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको एक वर्ष पुग्दा भूकम्पबाट क्षतिग्रस्त मध्ये १० प्रतिशत घरको मात्र पुनर्निर्माण भएको अधिकारीहरुले जनाएका छन्। आइतवार एक पत्रकार सम्मेलन गरी प्राधिकरणले देशमा जारी राजनीतिक परिस्थितिलाई ढिलाईको कारकको रुपमा प्रस्तुत गरेको छ। प्राधिकरणका उच्च पदाधिकारीले वर्षभरीको कामको समीक्षा गरेर संस्थालाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने खाँचो औंल्याए।

भारतसहित चार देशका प्रहरीमा नेपाल प्रहरी उत्कृष्ट

भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन्। ६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन्। हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै आएका छन्। सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने […]