समाचार

नेपाली ओसारपसारको ‘ट्रान्जिट’

युरोप तथा अमेरिका पठाउने भन्दै नेपालीलाई ठगी गर्ने गिरोहले युरोपसँग सीमा जोडिएको टर्कीलाई मुख्य केन्द्र बनाउन थालेको अधिकारीहरूले बताएका छन्। पानीजहाजमा जागिर लगाइदिने बहानामा दलालहरूले टर्की पुर्‍याएर नेपालीहरूलाई अलपत्र छाड्न थालेको उनीहरूको भनाइ छ। टर्की गए त्यहाँबाट युरोप, अमेरिका र अष्ट्रेलिया समेत जान सकिने भन्दै दलालले मानिसहरूलाई फसाउने गरेको अधिकारीहरू बताउँछन्। टर्की पुर्‍याएर अलपत्र पारिएका […]

थप जग्गा अधिग्रहण गरिने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्ने भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलित भएका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सूचना वडामा पठाएपछि स्थानीयहरू आन्दोलित भएका हुन्। आयोजनाले थप ४ सय रोपनी भन्दा बढी जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्र पठाएको छ। अधिकरण गर्ने भनिएको […]

समुदाय विद्युत् चुहावट रोक्न सफल

दुर्गमका बस्तीहरूलाई लक्षित गरेर नेपाल विद्युत् प्राधिकरणले समुदायको सहकार्यमा सुरु गरेको सामुदायिक विद्युत् वितरण कार्यक्रम लागु भएका स्थानमा चुहावटको समस्या लगभग पूर्ण रूपमा अन्त्य भएको अधिकारीहरूले बताएका छन्। विद्युत् प्राधिकरणका अनुसार हाल नेपालमा झन्डै तीन सय सामुदायिक सङ्घसंस्थाले बिजुली भाडामा लिएर पाँच लाखजति ग्राहकलाई वितरण गर्दै आएका छन्। सामुदायिक ग्रामीण विद्युतीकरण विभागका निर्देशक त्रिपेश्वर पुर्वेले […]

नागरिकताको अधिकार समान भएन

नागरिकता ऐनलाई संशोधन गर्न संसदमा सरकारले दर्ता गराएको विधेयकले संविधानमा महिलालाई दिएको हक हनन गरेको भन्दै अधिकारकर्मीहरुले व्यापक विरोध गरेका छन्। नागरिकता दिनसक्ने हक पुरुषलाई मात्र स्पष्ट रूपमा प्रदान गरिएको महिला अधिकारकर्मीहरुले बताएका छन्। संविधान जारी भएको तीन वर्षभित्र संविधानले प्रदत्त गरेको मौलिक हक सम्बन्धी कानुन बनाइसक्नु पर्ने वाध्यता अनुसार उक्त विधेयक मंगलबार संसदमा दर्ता […]

न्यूनतम बिमा १ लाख ५८ हजार अमेरिकी डलर हुने

अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको न्यूनतम बिमा रकम बृद्धि हुने भएको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को मन्ट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेपछि नेपालीहरुको हवाई बिमाको न्यूनतम रकम बढ्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट पारित भएर प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएको उक्त […]

पासपोर्ट नियन्त्रणमा राखे अब तीन बर्षसम्म कैद

कुनै व्यक्तिको पासपोर्ट नियन्त्रणमा राखे तीन वर्षसम्म कैदको सजायसहित सरकारले पासपोर्ट सम्बन्धि नयाँ विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली एजेन्टले पासपोर्ट नियन्त्रणमा राख्दा श्रम शोषणमा पर्दै आएका थिए। त्यस्तै मेनपावर कम्पनीहरुले समेत लामो समयसम्म पासपोर्ट नियन्त्रणमा राखेर दु:ख दिने गरेका थिए। सरकारले ल्याएको नयाँ विधेयकमा राहदानी नियन्त्रणमा राखे दुई लाखदेखि पाँच […]

सवारी दुर्घटना : क्षतिपूर्ति रकम बढाइँदै

सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ। हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ। बीमा रकम बाहेक यसअघि यातायात समितिहरुले क्षतिपूर्ति स्वरुप पीडित पक्षलाई थप रकम समेत दिँदै आएका छन्। समितिहरु खारेज भएपछि यातायात कम्पनीहरुलाई थप क्षतिपूर्तिका […]

तापक्रम सन्तुलन गर्न हरियाली अभियान

नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ । “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरका टोलटोलका […]

हुलाकी राजमार्ग अवरुद्ध

निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पश्चिम नवलरासीको परासी-नारायणचोक हुलाकी सडक दुई सातादेखि अवरुद्ध छ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बेहाल अवस्थाले पैदल यात्रुसमेत बारम्बार सास्ती खेप्न बाध्य छन् । सडक निर्माणका लागि ठाउँठाउँमा खसालेको माटो व्यवस्थित नगर्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेको छ । अधिकांश स्थानमा रहेका खाल्डाखुल्टीसमेत पुरिएका छैनन् । सडक निर्माणको […]

बजेट सक्न झरीमा सडक टालटुल

सिद्धिचरण राजमार्गअन्तर्गत हर्कपुर–ओखलढुंगा सडक खण्डको कालोपत्रे उप्किएर खाडल बनेका ठाउँमा झरीका समयमा टालटुल गर्न थालिएको छ। दैनिक पानी परेर सडकमै भल बग्न थालेपछि टालटुल थालिएको हो। गुणस्तरहीन सामग्री प्रयोग गरेर गरिएको कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाएका थिए। हर्कपुर सडक डिभिजन कार्यालयले भत्किएकै सडक बुझेको चौतर्फी आलोचना भएपछि पानीले बनाएका खाल्डा टाल्न सोलिङ गरेर कालोपत्रे माथि […]