विचार/साहित्य

राष्ट्रपति माथि मोर्चाको आक्रमण प्रयास

काठमाडौँ। मधेसी मोर्चाको बिगत चार महिनादेखि जारी आन्दोलन यतिबेला अराजक बन्दै गएको छ । भारतको आर्थिक तथा भौतिक सहयोगमा सुरु भएको जनविरोधि आन्दोलनमा भारतले बिस्तारै साथ र सामर्थन दिन छाडेपछि यो आन्दोलन यतिबेला आएर अराजक बन्दै गएको हो । तराई–मधेसका गरिव नेपाली जनतालाई झुठा आश्वासन दिएर थालनी गरिएको आन्दोलनले बिशेषतः तराई मधेसकै जनतालाई आजित बनाएको […]

शासन शक्तिमा महिला

२१ जुलाई सन् १९६० । श्रीलंकाकी सिरिमाभो बन्दरनायके विश्वकै प्रथम महिला प्रधानमन्त्री बनेको दिन । त्यो क्षणले विश्वकै महिला नेताहरूलाई शिखरमा डटेर बढ्न हौसला प्रदान गर्‍यो । साथै, महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा बदनामी कमाएको दक्षिण एशियाले विश्वकै प्रथम महिला प्रधानमन्त्री जन्माउने श्रेय पाउँदा विकसित भनिएका देशहरूलाई समेत चकित गर्‍यो । दक्षिण एशियाको […]

लेखककी स्वास्नी

काठमाडौं, असोज १९ । लेखककी स्वास्नी लेखकको दुरावस्था र एकजना महिलाको संघर्षपूर्ण जीवनमा आधारित भएर लेखिएको उपन्यास हो । लेखक प्रगति राई महिलाचेतनाका लागि लेख्ने लेखिका हुन् । उनले यस अघि वादी विज्ञप्ति शीर्षकको कविता संग्रह लेखेकी छिन् । त्यस कृतिमार्फत्   उनी नेपाली साहित्यमा सशक्त भूमिका खेलेकी छिन् । यो उनको पहिलो उपन्यास हो […]

स्कुलमै किन हराउँछन् छोरीहरू ?

एउटा घरमा आमा शिक्षित भइन् भने पुरै घरलाई शिक्षित बनाउनेछिन्, सानैदेखि यस्तो भनाइ सुन्दै आएकी हुँ । यसमा सत्यता पनि छ । शिक्षित आमाले आफ्ना सन्तानको पढाइको लागि समूचित परिवेश तयार पारेकै हुन्छिन् । आमा नै सन्तानको पहिलो शिक्षक भएकाले उनले आफ्ना सन्तानलाई सभ्यता र संस्कार सिकाउँछिन् । यसको परिणाम उनको सन्तान एक सुयोग्य नागरिक […]

कसरी जायज हुन्छ मातृत्वको किनबेच ?

मुलुकमा अहिले संविधान निर्माण सँगसँगै चर्किएको अर्को विषय हो– सरोगेसी सेवा कानुनी रुपले मान्य हुने वा नहुने । एकातिर नयाँ संविधानमा महिलाको प्रजनन् स्वास्थ्यको हकलाई स्थापित गराउन अधिकारकर्मीहरू आवाज उठाइरहेका छन् भने अर्कोतिर महिलाको स्वास्थ्यसित प्रत्यक्ष जोडिएको विषय भाडामा कोख लिने|दिने विधिलाई कानुनी मान्यता दिन सरकार अग्रसर भएको छ । सरकार यसबारे नीति बनाउन तयारी […]

राष्ट्र पिताज्यू मैले के विराए ?

आदरणीय राष्ट्रपिताज्यू , मैले राष्ट्रपति अर्थात राष्ट्र प्रमुखलाई राष्ट्रपिता भन्न रुचाएँ । म नेपालको छोरी दुई सन्तानको अधिकारविहिन आमा पचाँस वसन्तको हाराहारीमा क्यान्सरले पीडित भएकी छु । मेरो जीन्दगीको कुनै भरोसा छैन । तर, मलाई मेरो जीन्दगीको भन्दा बढी चिन्ता मेरा छोराछोरीको अस्तित्व र पहिचानको छ । आमाको नामवाट नागरिकता दिन पाउने दिनको प्रतिक्षामा पर्खंदा […]

चुरापोते होइन, पुस्तक बाँडौ

चारदिन अघि एउटा कस्मेटिक पसलमा स्याम्पु किन्न गएकी थिएँ । पसल्नी दिदीले स्याम्पु दिँदै भनिन्, बहिनी साउन लाग्यो हरियो पँहेलो चुरा पोते लगाउने होइन ? अझ तपाईको त बिहे गरेको पहिलो वर्ष सबैलाई बाँड्नुपर्छ । यसो गर्‍यो भने श्रीमानको आयु बढ्छ रे । मैले त कतिलाई बाँडेकी थिएँ । ति दिदीको  कुरा सुनिसकेपछि मैले भनें […]

हिन्दु राष्ट्र हुँदा धर्म परिवर्तन रोकिन्छ ?

सबै धर्मप्रति समान व्यवहार र समान दृष्टिकोण राख्ने धर्म निरपेक्षताको अर्थलाई पश्चिमीहरूले धर्म परिवर्तन गराउने माध्यम बनाएकाले नेपाल हिन्दु राष्ट्र घोषणा गर्न कमल थापा, खुमबहादुर खड्कालगायतका नेता एवं सघंसंस्थाहरूले अभियान चलाउँदै आएका छन् । २०६८ को जनगणनाअनुसार नेपालमा ८१ प्रतिशत हिन्दु भएकाले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने अन्यथा जनमतसंग्रहबाट टुंगो लगाउनुपर्ने उनीहरूको माग छ । ‘मिसनरीहरू […]

उपेक्षित डेराबासी

वर्षा लागिसक्यो, कहाँ बस्ने कुनै टुङ्गो छैन । रातभरि गर्जेर पानी पर्दा पनि डरै लाग्छ । दिनभरि चर्काे घाम लागेर धुलो उड्दा पनि खपिसक्नु हुँदैन । टेन्टभित्रको यस्तो कठिन बसाइले साना बालबच्चालाई कसरी सुरक्षित राख्ने र वर्षा कटाउने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन । काठमाडौं महानगरपालिकामा केही राहत पाइने आशमा जम्मा भएका भूकम्पपीडित डेरावालाहरू यसरी […]

देश बनाउन आफ्नै मानव स्रोत उपयोग गरौं

सन् १९३९ देखि सन् १९४५ सम्म चलेको दोस्रो विश्वयुद्घमा एलाइड पावर्सको जितसँगै जापानलगायत एक्सिस पावरको हार भयो। २१ लाखभन्दा बढी जापानीहरूले युद्धमा ज्यान गुमाए, लाखौं घाइते भए। जापानी अर्थतन्त्र उठ्नै नसक्ने हो कि जस्तो गरी तहसनहस भयो। जापानको सामुराई घमण्ड र कमजोर छिमेकीलाई ज्यादती गर्ने उद्दण्डताले पनि घुँडा टेक्यो। अमेरिकाले जापान अकुपाई गर्‍यो।  सुप्रिम कमान्डर […]