अन्तराष्ट्रिय समाचार

नौ लाख लिटर डिजेल बोकेको मलेसियन जहाज ‘हाइज्याक’

ऐजेन्सी । नौ लाख लिटर डिजेल बोकेको मलेसियन जहाज हाइज्याक भएको छ। यसलाई इन्डोनेसियाको सामुद्रिक भागमा लगिएको मलेसियाका अधिकारीले जनाएका छन्। मेलेसियन मरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले भेर हामोर्नि ट्याङ्कर कुआन्टान पोर्टमा लगिएको अनुमान गरेका छन्। एमएमइएका निर्देशकले यो जहाज बतामको इन्डोनेसियन टापुमा लगिएको अनुमान भएको ट्वीट गरेका छन्। कार्गोको मूल्य करिब तीन लाख ९२ […]

रुसद्वारा इरानी हवाईअड्डाको प्रयोग

ऐजेन्सी । रुसले सिरियामा रहेका जिहादी समूहहरुविरुद्ध हवाई हमला गर्नका लागि पहिलोपटक इरानको हवाईअड्डाको प्रयोग गर्न थालेको छ। रुसी रक्षा मन्त्रालयले लामो दूरीमा बम प्रहार गर्ने विमानहरु र लडाकु विमानहरु पश्चिमी इरानस्थित हमेदान अवाईअड्डाबाट उडेको बताएको छ। ती आक्रमणले एलेप्पो, इदलिब र देइर अजोर प्रान्तमा इस्लामिक स्टेट र अन्य लडाकु समूहलाई निशाना बनाएको र ठूलो […]

गोली हानी हत्या गर्ने प्रहरीको बचाउ

ऐजेन्सी । अमेरिकाको विसकनसिन राज्यका अधिकारीहरुले एकजना अश्वेत व्यक्तिको शनिवार गोलि हानी हत्या भएपछि प्रहरीहरुको बचाउ गरेका छन्। ट्राफिक जाँचका क्रममा प्रहरीले आफ्नो कारलाई रोकेपछि ती अश्वेत व्यक्ति सिल्भिल स्मिथ भागेका थिए। गोली हानिएकै ठाउँमा उनको मृत्यू भयो। उक्त हत्यापछि अश्वेतहरुको बाहुल्यता रहेको मिलवाकी वरपर प्रदर्शन र झडपहरु भएका थिए। पहिचान गोली हानी हत्या गरिएका व्यक्ति […]

आईएसले दुई हजारजनाको अपहरण

बेरुत (लेबनान) । इस्लामिक स्टेट (आईएस) समूह पक्षधर विद्रोही लडाकूले उत्तरी सिरियाबाट करिब दुई हजार नागरिकलाई अपहरण गरी लगेको अमेरिकी नेतृत्वको सुरक्षा बल तथा यहाँको मानव अधिकारवादी समूहले बताएका छन् । यस पहिले इस्लामिक जिहादी विद्रोहीको पकड रहेको उत्तरी सिरियाको मानविज इलाकामा भाग्ने क्रममा करिब दुई हजार स्थानीयलाई अपहरण गरी लगेका बताइएको थियो । उनीहरुलाई […]

बन्दुकसम्बन्धी टिप्पणीले ट्रम्प विवादमा

एजेन्सी । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका डोनल्ड ट्रम्पले बन्दुकको स्वामित्व चाहने आफ्ना समर्थकहरुलाई उनीहरुको संवैधानिक अधिकार खारेज गर्नबाट डेमोक्र्याटिक प्रतिस्पर्धी हिलरी क्लिन्टनलाई रोक्न आह्वान गरेपछि त्यसले नयाँ विवाद जन्माएको छ। नर्थ क्यारोलाइनामा भएको र्यालीमा ट्रम्पले यदी क्लिन्टनले जिते उनले सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्त गरेर संवैधानिक परिवर्तन गर्न बाध्य पार्ने बताए। समर्थकहरुलाई क्लिन्टनविरुद्ध […]

बेलायतमा थेरेसा प्रधानमन्त्री बन्ने

लन्डन (एजेन्सी): कन्जरभेटिभ पार्टीकी नेत्री थेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा रहेकी कन्जरभेटिभ पार्टीकी अर्की नेत्री आन्द्रेई लिडसमले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने पक्का भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार नयाँ प्रधानमन्त्रीका रूपमा थेरेसाले बुधबार पदभार ग्रहण गर्नेछिन् । वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले बुधबारै राजीनामा […]

टर्कीको अटाटुर्क विमानस्थलमा अाक्रमण, ३६ को मृत्यु ६० घाइते

टर्कीको इस्तानबुलस्थित अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती बम विस्फोटमा परि कम्तिमा ३६ जनाको मृत्यु भएको छ। विष्फोटमा परि ६० भन्दा बढी मानिस घाइते भएका छन्। आक्रमणकारीहरुले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल नजिक आत्मघाती बम विष्फोट गराएको बताइएको छ। विष्फोटपछि विमानस्थलका सम्पूर्ण उडान रद्द गरिएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आत्मघाती बम […]

सिरिया आक्रमणमा कम्तीमा ७८ को मृत्यु

ऐजेन्सी । सिरियाको भूमध्यसागरको तटस्थित सरकारी पकडमा रहेका दुई वटा शहरमा श्रृंखलाबद्ध कारबम र आत्मघाती आक्रमण भएका छन्। सरकारी संचार माध्यमले कम्तीमा ७८ जना मारिएको बताएको छ भने एउटा पर्यवेक्षक समूहले १२० जना भन्दा धेरै मारिएको बताएको छ। बन्दरगाह शहर तार्तुस र उत्तरी शहर जाब्लमा ४ वटा बम विस्फोट भएका थिए। जिम्मा इस्लामिक स्टेट (आइएस) […]

इराक: फलुजा नियन्त्रणमा लिन सैन्य कारबाही

इराकी प्रधानमन्त्री हैदर अल अवादीले फलुजा शहरलाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गराउने ठूलो सैन्य कारबाहीको घोषणा गरेका छन्। सोही घोषणा अनुसार सेना, प्रहरी र स्वयमसेवी लडाकुहरुले उक्त शहर घेराउ गरेका छन्। लक्ष्य इराकमा अहिले इस्लामिक स्टेटका दुई वटा पकडक्षेत्रमात्रै छन् र फलुजा त्यसमध्ये एक हो। फलुजा शहर सन् २०१४ मा आइएसले कब्जामा लिएको थियो। दुई […]

ह्वाइट हाउस बाहिर गोली प्रहार

वासिङटन: संयुक्त राज्य अमेरिकाको सेक्रेट सर्भिसले ह्वाइट हाउसबाहिर एक सशस्त्र व्यक्तिमाथि गोली प्रहार गरेको छ । सशस्त्र व्यक्ति गम्भीर घाइते भएका छन् । यस घटनापछि एक घण्टासम्म त्यहाँको सुरक्षाकर्मीले अमेरिकी राष्ट्रपतिको आवासलाई घेराबन्दी गरेका थिए । सेक्रेट सर्भिसका अनुसार सशस्त्र व्यक्ति ह्वाइट हाउसनजिकै रहेको ई स्ट्रिट जाँचचौकीमा पुगेका थिए । उक्त जाँच चौकस्म्मि सर्वसाधारणलाई प्रवेश […]