अन्तराष्ट्रिय समाचार

इस्लामिक स्टेट: कसरी चल्छ ?

काठमाडौं २४ जेठ । गत सप्ताहान्तमा पूर्वी सिरियामा भएको स्थलगत कार्वाहीका क्रममा अमेरिकी विशेष सैन्यले अबु सैय्यफलाई मारिदिएका थिए। उनले इस्लामिक स्टेटको तेल तथा ग्यास कारोबार हेर्न मुख्य भूमिका खेल्ने गरेको बताइएको थियो। गोली हानहान चर्को भएपछि अमेरिकी कमाण्डोहरुको आक्रमणबाट अबु सैय्यफ मारिएका हुन्। तर तिनीहरुको मूख्य उद्देश्य उनलाई पक्रेर सोधपुछ गर्नु रहेको थियो, जस्बाट आइएसले […]

भारत र बंगलादेशबीच नयाँ सीमांकन गर्ने सम्झौता,दुबै देशको नक्सा परिवर्तन हुने।

जेठ २४,ढाका। भारत र बंगलादेशले सीमावर्ती बस्तीहरु सट्टापट्टा गरी नयाँ सीमांकन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यसबाट दुबै देशको सीमानक्सा परिवर्तन हुने छ । भ्रमणका क्रममा ढाकामा रहेका भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक भूमि सीमा सम्झौता गरेका हुन । सम्झौतामा दुबै देशका बीचमा साझा बस सेवा तथा समुद्री सुरक्षा, मानव तस्करी र जाली नोटहरुको कारोबार […]

ज्यानको धम्कीपछि अमेरिका पुगिन् तसलिमा

काठमाडौं २० जेठ । कट्टरपन्थी समूह अलकायदाबाट ज्यान मार्ने धम्की आएपछि चर्चित बनेकी बंगलादेशी लेखिका तथा मानव अधिकारीकर्मी तसलिमा नसरीन भारतबाट भागेर अमेरिका पुगेकी छिन्। एउटा मानवअधिकारवादी संस्थाका अनुसार उनी अघिल्लो साता अमेरिका पुगेकी हुन्। बंगलादेशमा धर्म निरपेक्षताको वकालत गर्दै आएका ३ जना ब्लगरहरुको हत्यामा संलग्न समूहले नै उनलाई धम्की दिएको बताइएको छ। नसरीनले सामाजिक […]

भारतमा गर्मीबाट हजारको मृत्यू

एजेन्सी, १४ जेठ । गर्मीले दक्षिण भारतका आन्ध्र प्रदेश, तलंगनालगायत राज्यमा दिनहुँ सर्वसाधारणको मृत्यु हुनेक्रम बढेको छ । दक्षिण भारतमा मात्र गर्मीकै कारण एक सातामा ९ सयभन्दा बढीको मृत्यु भएको मौसम विज्ञान विभागसंवद्द अधिकारीले बताएका छन् । पश्चिम बंगाल र उडिसामा यो साता दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्टिय समाचार संस्थाहरुका अनुसार आन्ध्र […]

नाइजेरियाको दमातुरु शहरमा एक महिलाले आत्मघाती बिस्फोट गराँउदा ९ जनाको मृत्‍यु

काठमाडौं जेठ ४ । नाइजेरियाको उत्तरी योबे राज्यको दमातुरु शहरमा एक महिलाले आत्मघाती बिस्फोट गराँउदा ९ जनाको ज्यान गएको छ । दामातुरु शहरको एक व्यस्त बस स्टेशनमा महिलाले आफैंलाई बिस्फोट गराउँदा ३० जना घाइते भएका छन् । आतंकबादी समूहको निशाना बन्दै आएको योबे राज्यमा यसअघि भएको आतंकबादी हमलामा ५० भन्दा बढीको ज्यान गएको थियो । इस्लामिक […]

२१ वर्षे युवकलाई मृत्यृदण्डको फैसला

बोस्टन म्याराथनमा बम विस्फोट गराउने एक युवकलाई संघीय अदालतले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले दुई वर्षअघिको म्याराथनमा बम आक्रमणमा दोषी ठहर २१ वर्षे जोखार सारनाएवलाई मृत्युदण्ड दिने अन्तिम निर्णय सुनाएको हो। सन् २०१३ को अप्रिल १५ मा बोस्टन म्याराथनका क्रममा सारनाएवले आफ्ना दाजुसँग मिलेर प्रेसर कुकर बम विस्फोट गराएका थिए। सो क्रममा ८ […]

इस्लामिक स्टेटका दोस्रो ठूलो नेता मारिए

एजेन्सी : इराक, सिरिया र लिबियामा आतंक मच्चाइरहेको इस्लामिक स्टेटका दोस्रो ठूलो नेता अमेरिकी गठबन्धनको हवार्इ कारबाहीमा मारिएका छन् । इराकको रक्षा मन्त्रालयका अनुसार उत्तरी इराकको एक मष्जिदमा गरिएको हवार्इ हमलामा आर्इएसका दोस्रो ठूला नेता अब्दुल रहमान मुस्तफ़ा मोहम्मद मारिएका हुन् । इराकी रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल तहसिन इब्राहिमले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलार्इ जनाएअनुसार मस्जिदलार्इ निशाना […]

उत्तर कोरियाका रक्षामन्त्रीलाई तोपले हानेर उडाइयो…

दक्षिण कोरिया, वैशाख ३० – उत्तर कोरियाली रक्षामन्त्री ह्योन–योङ चोललाई ‘एन्टी एयरक्राफ्ट मिसाइल’ले हानेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ । रक्षामन्त्री चोललाई उत्तर कोरियाली नेता किमजोङ उनप्रति बफादार नभएको आरोप लगाउँदै मृत्युदण्डको सजाय दिइएको त्यहाँको संसदलाई जानकारी गराइएको थियो । बीबीसीका अनुसार रक्षामन्त्री चोल किमको एक कार्यक्रममा निदाएका थिए र उनलाई […]

भारतबाट थप टोली काठमाडौं जादै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको वस्तुस्थित बुझ्न तत्काल थप एक सैन्य टोली पठाएका छन् । मोदीको निर्देशन अनुसार आजै भारतबाट वायु सेनाको एमआई १७ हेलिकप्टरमा टोली काठमाडौं उडेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपालमा मंगलबार भूकम्प गएलगत्तै मोदीले सुरक्षा अधिकारीलाई बोलाएर नेपालको वस्तुस्थिति बुझ्न सैन्य टोली पठाउन निर्देशन दिएका हुन् । यसअघि भारतबाट आएको […]

जयललितालाई अदालतद्वारा सफाई

बैंगलोर, (एजेन्सी)– भारतीय अदालतले तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिता जयरामलाई भ्रष्टाचार मुद्दामा सोमबार सफाइ दिएको छ । पूर्व अभिनेत्री उनीविरुद्ध आयभन्दा बढी अकूत सम्पत्ति जम्मा गरेको आरोपमा मुद्धा चलाइएको थियो । अदालतले उनीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला सुनाउँदै सोमबार सफाइ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रारम्भिक अनुसन्धानमा अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो […]