अन्तराष्ट्रिय समाचार

इस्तानबुल विस्फोट: धेरै प्रहरी अधिकारीको मृत्यु

टर्कीको प्रमुख शहर इस्तानबुलस्थित फुटबल रंगशाला नजिकै भएका दुईवटा बम विस्फोटमा परि कम्तीमा २९ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको खबरहरु आएका छन्। मृत्यु भएका मध्ये धेरैजसो प्रहरी अधिकारीहरु रहेका छन्। एउटा आत्मघाती बम र अर्को कार बम हमलाले प्रहरी अधिकारीहरुलाई लक्षित गरेको टर्कीका अधिकारीहरुले बताएका छन्। टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उक्त बम […]

पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

पाकिस्तान एयरलाइन्सको विमान एटिआर ४२ आज दुर्घटनाग्रस्त भएको छ । उक्त विमानमा रहेका ४० यात्रुहरुको मृत्युभएको खबर छ । विमान चितराल देखि इस्लामाबाट जाँदै गरेको थियो ।

इन्डोनेसियाको आचे प्रान्तमा भूकम्प, कम्तीमा ४० को मृत्यु

पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ। यस भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन्। भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन्। यस शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका […]

यमन भोकमरी: ‘विश्व उदासीन’

यमनमा हिंसाको कारण बढ्दै गएको संकटप्रति अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरिरहेको आरोप लगाउँदै सहायताकर्मीहरुले अबको केही महिनामा त्यहाँ व्यापक भोकमरी निम्तने चेतावनी दिएका छन्। यमनमा रहेका संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले त्यहाँ मानवीय संकट देखा पर्दा विश्वले आँखा चिम्लिएको आरोप लगाएका हुन्। संयुक्त राष्ट्रसंघका यमनस्थित सहायता संयोजक जेमी मक्गोडरिकले बीबीसीसँग बोल्दै बालबालिकाले भोकमरीका कारण ज्यान गुमाउन थालिसकेको […]

तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन

आइतबार राति हृदयघातका कारण गम्भीर अवस्थामा पुगेकी भनिएको उनको सोमबार स्थानीय समय अनुसार राति साढे ११ बजे मृत्य भएको चन्नाईस्थित अपोलो अस्पतालले जनाएको छ। ६८ वर्षीया जय ललितालाई गत सेप्टेम्बर महिनादेखि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर आइतबार राति हृदयघात भएर अवस्था गम्भीर भएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो। उनको स्वास्थ्यलाभको कामना गर्दै […]

इटलीमा सुधार प्रस्तावमाथि जनमत संग्रह

इटलीको सुस्त राजनीतिक पद्धतिलाई चुस्त बनाउने उद्देश्यका साथ प्रस्तावित सुधारले केन्द्र सरकारलाई बलियो पार्नेछ भने माथिल्लो सदन सिनेटलाई कमजोर तुल्याउनेछ। रेन्त्सीले जनमत संग्रहबाट आफ्ना प्रस्ताव अस्वीकृत भए पदबाट राजीनामा दिने बताएका छन्। मत खसालेपछि सिनेटका प्रमुख पिएट्रो ग्रासोले भने, “मानिसहरुले यो अवसरको सदुपयोग गर्नुपर्दछ र आफ्नो सार्वभौमसत्ता तथा मतको अनुभूति गराउनुपर्दछ। तपाईंलाई थाहा छ किनः […]

ट्रम्प र ताइवानका राष्ट्रपतिबिच कुराकानी

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले सन् १९७९ मा औपचारिक सम्बन्ध तोडिएपछि स्थापित अमेरिकी नीतिको बेवास्ता गर्दै ताइवानका राष्ट्रपतिसंग टेलिफोनमार्फत प्रत्यक्ष कुराकानी गरेका छन्। ट्रम्पका अधिकारीहरुका अनुसार उनले ताइवानका राष्ट्रपति साइ इंग वेन संग अमेरिका र ताइवानबीच नजिकको आर्थिक राजनीतिक तथा सुरक्षा सम्बन्धबारे चर्चा गरे। रुष्ट उक्त कदमले बेइजींग निकै रुष्ट हुने ठानिएको छ। ताइवानलाई आफ्नो […]

दुर्घटनाग्रस्त विमानमा ‘इन्धन अभाव तथा विद्युतिय गडबडी’

ऐजेन्सी । कोलम्बियाका अधिकारीहरुले ब्रजिलको फुटबल टोली श्यापेकोएन्सीका खेलाडीहरु चढेको विमान इन्धन अभावका कारण दुर्घटनाग्रस्त भएको बताएका छन्। मेडेलिन शहर नजिकैको विमानस्थलमा अवतरण हुनु केही मिनेट अघि विमानचालकले एअर ट्राफिक कन्ट्रोललाई विमानमा इन्धन कम भएको र भयानक विद्युतिय गडबडी देखिएको बताएका थिए। अधिकारीहरुले विमानको ‘ब्लायक बक्स’ अनुसन्धानका लागि ब्रिटेनमा पठाइने र त्यसको निर्माता कम्पनी बीएइले […]

बिहारमा महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइयो

बिहारको मुजफ्फरपुरमा एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ। प्रहरीले घटनास्थल नजिकै रहेको एक जोडी चप्पल र कपडाबाट मृतकको पहिचान गरेको हो। बिहारको मुजफ्फरपुर जिलास्थित अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधिन घरमा घटना भएको हो। आइतबार अबेर राति ‍सरिता देवीलाई कुर्सीमा बाँधेर जिउँदै जलाएको हुनसक्ने प्रहरीले आशंका गरेको […]

मोसुल नियन्त्रण प्रयासमा उपलब्धि

इस्लामिक स्टेट आइएसका लडाकुहरुविरुद्ध मोसुल शहरमा निकै सोचविचार गरेर योजना बनाइएको आक्रमणको पहिलो दिन इराकको सरकारी फौज र कुर्द लडाकुले उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ। सन् २०१४ को जुनमा विद्रोही समूह इस्लामिक स्टेटले आफ्नो कब्जामा लिएको मोसुल शहरलाई उनीहरुको नियन्त्रणबाट मुक्त पार्नका लागि इराकी सरकारी फौजसहितको विभिन्न समूहको गठबन्धनले सोमबार सबेरैबाट त्यहाँ सैन्य कारबाही […]