अन्तराष्ट्रिय समाचार

मसँग माफी दिने पूर्ण अधिकार छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन्। चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पको पछिल्लो भनाइ आएको हो। विपक्षी डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले पछिल्ला विवरण ‘अति निराशाजनक’ रहेको […]

खाडी देशका मागबारे दोहाले जवाफ पठाउँदै

कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे कुवेतलाई सोमबारसम्ममा आफ्नो देशले जवाफ पठाउने बताएका छन्। दशकौंयताको सबैभन्दा नराम्रो भनिएको खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्। समाचारमा जनाइए अनुसार कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीले कुवेती अमिरलाई दिनेछन्। यसअघि कतारी अधिकारीहरुले ती मागहरु अस्वीकार गरेका थिए। चेतावनी यद्यपि […]

ट्रम्पद्वारा सूचना नदिने राज्यको आलोचना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोपबारे छानबिन गर्न आफूले गठन गरेको आयोगलाई गोप्य व्यक्तिगत विवरणहरु उपलब्ध गराउन अस्वीकार गर्ने राज्यहरुको आलोचना गरेका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले ‘तपाईँहरुले के लुकाउन चाहिरहुनभएको छ?’ भनेर प्रश्न गरेका थिए। उक्त आयोगले अमेरिकाका ५० वटै राज्यबाट जन्ममिति, व्यक्तिहरुका सामाजिक सुरक्षा नम्बरका अंशहरु र फौजदारी अभियोग ठहर […]

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, १२३ जनाको मृत्यु

पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १२० भन्दा बढीको मृत्यु भएको छ । आइतबार बिहान भएको घटनामा एक सय भन्दा बढी घाइते भएको स्थानीय अस्पताल स्रोतलाई उल्लेख गर्दै चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। भिक्टोरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. औरंगजेवले एक सय २० जना मृतकको शव प्राप्त भएको र […]

साउदी अरेबियालाई टापु दिने सन्धि अनुमोदन

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल-सिसीले ‘रेड सी’मा रहेका मानव बसोबास नभएका दुईवटा टापुको सार्वभौमसत्ता साउदी अरेबियालाई सुम्पने एउटा सन्धि अनुमोदन गरेका छन्। एकजना सरकारी वकिल रफिक शरिफले उक्त आदेश अब कानून बनेको र ती टापु साउदी अरेबियाको भूमिमा परिणत भएको बताए। तर एउटा संवैधानिक अदालतले सो विषयमाथि संसद् वा न्यायापालिका कुन निकायको निर्णय अन्तिम हुनेछ […]

चीनको सिचुवान प्रान्तमा भीषण पहिरो

दक्षिण-पश्चिमी चीनको सिचुवान प्रान्तमा गएको भीषण पहिरोमा १०० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ। माओसियन काउन्टीको एउटा गाउँमा पहाडको एक हिस्सा खस्दा ४० वटा घर ध्वस्त भएको बताइएको छ। त्यहाँको सरकारी सञ्चारमाध्यम अनुसार हराइरहेका मानिसहरुको खोजी कार्य जारी छ। पिपुल्स डेली समाचारपत्रको तस्वीरमा उद्धार कार्य जारी रहँदा बुल्डोजरहरुले भग्नावशेष र ठूला ढुङ्गाहरु हटाइरहेको देखिन्छ। […]

अफगानिस्तानमा कारबम हमला: ३४ को मृत्यु

अफगानिस्तानको हेल्मण्ड प्रान्तको लश्कर गाहमा भएको एउटा कारबम विस्फोटनमा ३४ जनाको ज्यान जानुकासाथै ६० जना अरु घाइते भएका छन्। हेलमण्ड प्रान्तको राजधानी समेत रहेको सो शहरको एउटा ब्यांक अगाडी सो विस्फोट भएको थियो। विस्फोटका बेला मानिसहरु आफ्नो तलब झिक्न सो बैंक अगाडी लामबद्ध रहेका थिए। हेल्मण्ड प्रान्तमा आक्रामक अवस्थामा रहेको तालेवानले सो हमला आफूले गराएको […]

आत्मघाती बम हमलाकारी मारिए

बेल्जियमका सैनिकहरुले एक जना संदिग्ध आत्मघाती बम हमलाकारीलाई ब्रसल्सको सेन्ट्रल स्टेशनमा गोली हानी मारिदिएका छन्। प्रहरीले ती व्यक्तिले बम सहितको ‘भेष्ट’ लगाएको जस्तो देखिएको र उसले एउटा सानो विस्फोट गराएको जनाएका छन्। सैनिकहरुले घटनास्थलमै उक्त व्यक्तिमाथि गोली चलाएका थिए। संघीय अभियोजकहरुले उनी मारिएको पुष्टि गरेका छन्। सुरक्षा अरु कोही पनि घाइते भएका छैनन्। तस्वीर कपीराइटREUTERS […]

दार्जिलिङमा पश्चिम बंगाल सरकारले इन्टरनेट बन्द गरायो

दार्जिलिङमा अनिश्चितकालिन आमहड्तालको सोमबार आठौं दिन स्थिति सामान्य गर्न असफल भएपछि बंगाल सरकारले इन्टरनेट बन्द गराएको छ। भारतीय अखबारहरुले जनाएअनुसार सोमबार बिहान दश बजेसम्म दार्जिलिङ र यसको वरिपरिको क्षेत्रमा हिंसाको कुनै घटना भएको छैन। तर, गोर्खाल्यान्ड र भाषिक आन्दोलनका लागि भइरहेको अनिश्चितकालिन आमहड्ताललाई राजनीतिक रुपमा सम्बोधन गर्न नसकेको बंगाल सरकारले इन्टरनेटको सबै सुविधा बन्द गराएको […]

दार्जिलिङमा ज्यान गुमाउनेको शवयात्रामा हजारौं उत्रिए

बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिनुभयो । […]