हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन्। तुलनात्मक रुपमा हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुन्छ। नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुईलाख पचास हजार मानिसहरुमा हेपाटाइटिस ‘बि’ र लगभग एकलाख तीस […]