मनोरन्जन

सोनाक्षी र मलाईका नेपाल आउँदै

काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा नेपाल आउने भएका छन्। आगामी जेठ १ मा राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको ‘अमरपक्षी, राइजिङ फ्रम द एसिज’ नामक कार्यक्रमा सहभागि हुन उनीहरु नेपाल आउन लागेका हुन्। उनीहरु सैनिक श्रीमती संघको निम्तोमा राजधानी आउन लागेका हुन् । सैनिक महिलालाई सीप तथा व्यवसायमूलक तालिम लगायत गतिविधिमा सक्रिय सैनिक […]

बिहेको हल्ला चलेपछि तमन्नालाई तनाव

एजेन्सी। अखबारहरुमा दक्षिण भारतकी चर्चित हिरोइन तमन्ना भाटियाले कम्प्युटर इन्जिनियरसँग डेटिङमा रहेको खबर व्यापक भयो। बाहुबली हिरोइनले आफूमाथिको खबरलाई खण्डन गर्दै आफ्नो करिअरमै व्यस्त रहेको जनाएकी छिन्। ‘यो गलत समाचार हो। म बिहे गर्दैछैन। कुनै दिन मैले जीवन साथी पाएँ भने विश्वलाई सबैभन्दा पहिले म जानकारी गराउँछु,’ तमन्नाले विज्ञप्ति नै जारी गरेर भनेकी छिन्, ‘म […]

हेर्नुहोस् अनमोलको ‘गाजलु’ ट्रेलर

चलचित्र ‘गाजलु’को ट्रेलर प्रदर्शन रिलिज गरिएको छ । रोहित अधिकारी निर्मित यो चलचित्रको गीत र फस्टलुक यस अगाडि नै सार्वजनिक भैसकेको छ । जेठ २८ गतेबाट यो चलचित्र रिलिज हुनेछ । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको केमेष्ट्रीका कारण यो चलचित्र प्रतिक्षारत बनेको छ । निर्देशक हेमराज वीसी र नायक अनमोल केसी […]

गायिका रेखा शाहविरुद्धको मुद्दा खारेज

काठमाडौँ। काठमाडौं जिल्ला अदालतले गायिका रेखा शाहविरुद्ध लगाइएको मुद्दा खारेज हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको मंगलबार बसेको इजलाशले शाहविरुद्ध प्रहरीले लगाएको अभियोजन आधारहीन भन्दै उनलाई अभियोगबाट सफाइ दिएको हो । सफाइ पाएपछि शाहले प्रेस विज्ञप्ती जारी गर्दै अदालतको फैसलाले आफ्नो प्रतिष्ठामा उठेको प्रश्नलाई केही साम्य पारे पनि हिरासतमा दस दिन बस्दा […]

‘सुल्तान’को टिजर बाहिरीयो (भिडियोसहित)

एजेन्सी।  सलमान खानको नयाँ फिल्म ‘सुल्तान’को टिजर सार्वजनिक गरिएको छ । इदमा रिलिज हुने यो फिल्ममा सलमान हरियाणाका सुल्तानको भूमिकामा देखिएका छन् । साहरुख आफ्नो फिल्म‘रइस’ केही दिन पछाडि सर्न तयार भएपछि सलमान अभिनित यो फिल्म इदमा आउने पक्का भएको हो ।  यशराज ब्यानरले यो फिल्मको निर्माण गरेको हो । रेसलरको भूमिकामा देखिएका सलमानको एङ्ग्री अवतार […]

प्रियंका चोपडा सर्वश्रेष्ठ नायिका

एजेन्सी।  बलिउड अभिनेत्री प्रियंका चोपडालाई दादासाहेब फाल्के फिल्म फाउण्डेशनले प्रदान गर्ने ‘वर्षकी सर्वश्रेष्ठ अभिनेत्री’ को पुरस्कार दिने घोषणा गरेको छ। ‘बाजीराव मस्तानी’ मा निभाएको भूमिकाको कदर गर्दै प्रियंकालाई सम्मान गर्न लागिएको हो। यो पुरस्कार दोस्रो पटक प्रदान गर्ने निर्णय गरेको छ। दादासाहेब फाल्केको १४७ औ जयन्तीको अवसरमा उनलाई सम्मान गर्न लागिएको हो। २४ अप्रिलमा मुम्बइकोमा भव्य समारोहबीच पुरस्कार […]

अस्मी श्रेष्ठलाई मिस नेपाल २०१६को उपाधि

काठमाडौं।  यस वर्षको नेपाल सुन्दरीको उपाधि अश्मी श्रेष्ठले जितेकी छिन्। होटल अन्नपूर्णमा भएको अन्तिम चरणको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षकी चितवन निवासी श्रेष्ठले उपाधि जितेकी हुन्। विगत ६ हप्तादेखि प्रशिक्षणमा व्यस्त देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ‘मिस नेपाल-२०१६’ मा प्रतिस्पर्धा गरिरहेका १९ जना युवती मध्ये ललितपुरकी रोशनी खत्री फर्स्ट  रनर्सअप र सप्तरीकी […]

विपासाले गरिन घोषणा,’३० अप्रिलमा मेरो बिहे’

एजेन्सी। अभिनेत्री विपासाले यसै महिनाको अप्रिल ३० तारिखका दिन प्रेमी एव्म अभिनेता करन सिंह ग्रोभरसँग विवाह गर्ने भएकी छिन् । एक विज्ञप्ति जारि गर्दै उनले आफ्नो विहेको आधिकारिक घोषणा गरेकी हुन्। विज्ञप्तिमा उनले भनेकी छन्, ‘हामी यो सुखद समाचार सबैसँग कुरा बाँड्न पाउँदा खुशी छौं। ३० अप्रिल हाम्रो लागि ठूलो दिन हुँदैछ। हामीप्रतिको परिवार, साथी, प्रशंसक […]

प्रियंकालाई ओबामाको निम्तो

एजेन्सी। बलिउड नायिका प्रियंका चोपडा पछिल्ला दिन हलिउडमा चम्किरहेकी छन् । गायिकाको छविमा हलिउड छिरेकी उनले छोटो संघर्षमै अमेरिकी थ्रीलर टीभी सिरिज ‘क्वान्टिको’ मा एफबीआई एजेन्टको शीर्ष भूमिका पाइन् । सर्वाधिक सम्मानित ओस्कर अवार्डमा समेत ट्रफी हस्तान्तरणका लागि मौका पाएकी उनले यतिबेला फेरि अर्को उपलब्धि आत्मसात् गर्न पाउने भएकी छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बलिउड […]

‘लोटे चर्पी’ लिएर आए धुर्मुस-सुन्तली (भिडियोसहित)

काठमाडौँ ।  हास्य तथा सन्देशमुलक सर्ट फिल्म ‘लोटे चर्पी’ सार्वजनिक भएको छ। हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्देशनमा तयार भएको सर्ट फिल्म युट्युबबाट सार्वजनिक गरिएको हो। सर्ट फिल्ममा धुर्मुस ‘काकुलाल’ नाममा नयाँ भूमिकामा प्रस्तुत भएका छन् । सरसफाईका लागि शौचालयको भूमिका तथा प्रयोगबारे सचेत गराउने उद्देश्यले तयार गरिएको फिल्म नवलपरासी […]