मनोरन्जन

पाँच वर्षपछि चलचित्रमा ऐश्‍वर्या…

मुम्बई : ऐश्वर्या रायका प्रशंसकहरूले चाँडै उनलाई चलचित्रमा देख्न पाउने भएका छन्। छोरी जन्माएपछि लामो समय चलचित्रमा नदेखिएकी ऐश्वर्या अभिनीत नयाँ चलचित्रको पहिलो झलक आगामी आइतबार दर्शकमाझ आउँदैछ। फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याले चलचित्र ‘जज्बा’ को पहिलो झलकसहित सहभागिता जनाउँदै छिन्। ऐश्वर्या एक दशकदेखि फेस्टिभलमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्। ‘जज्बा’ को पहिलो […]

रंगकर्मीहरू मञ्‍च छोडेर मलमतिर

नाटकमार्फत दर्शकलाई मनोरञ्जन ज्ञान र चेतना बाँड्ने रंगकर्मीहरू मञ्च छोडेर पीडितका घाउमा मलम लगाउन अघि सरेका छन्। राजधानीका रंगमञ्चहरू अनिश्चितकालका लागि बन्द छन्। कलाकारहरू आफ्नो भूकम्पपीडितको लागि राहत वितरणमा जुटेका छन्। वैशाख ४ गतेदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको थियो। सुन्धारास्थित थिएटर मलमा सोमबारदेखि ‘विम्बका सपना’ मञ्चन हुन तयार थियो। तर शनिबार […]

हराउँदै कर्णालीको ‘चम्फा नाच’

मुगु : कर्णाली अञ्चलमा शुभ कार्यमा नाचिने चम्फा नाच हराउन थालेको छ। कर्णालीका पाँचै जिल्लामा विवाह, व्रतबन्धलगायत अन्य शुभ कार्यमा देखाइने यो नाच आयातीत गीत तथा नृत्यका कारण हराउँदै गएको हो। चम्फा नाचमा गुन्यूचोलो र गरगहना लगाई एकजना महिला डोकोभित्रै पसी नाच्ने गरिन्छ। डोकोको एकातिर महिला अर्कोतिर पुरुष बसेर पाँचछ घन्टासम्म नाच्ने गरिन्छ। अहिले हिन्दी […]

धनकुटामा “माया” प्रदर्शन गरिने

धनकुटामा यही बैशाख ३१ गते चेलिवेटी बेचबिखन बिरुद्धको जनचेतनामुलक भिडियो डकुमेन्ट्री फिल्म प्रदर्शन गरिने भएको छ । निर्दोष कोइरालाको लेखन तथा निर्देशन रहेको सत्य घटनामा आधारित एउटी नेपाली चेलीको दर्दनाक कथा समेटिएको डकुमेन्ट्री फिल्म ‘माया’ प्रदर्शन गर्न लागिएको हो । चेलिवेटी बेचबिखन बिरुद्ध जनचेतना फैलाउँने उद्धेश्यले आगामी बिहिबार स्थानीय त्रिवेणी उच्च मावीमा सो डकुमेन्ट्री फिल्म […]

नेपाली चेलीको सहयोग

काठमाडौं : बलिउड अभिनेत्री मनिषा कोइरालाले बैशाख १२ को भूकम्पबाट विस्थापित भएका गर्भवती, सुत्केरी र तिनका शिशुहरुलाई सहयोग गर्ने भएकी छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) नेपालकी सद्भावना दूत मनिषाले भूकम्पबाट विस्थापित गर्भवती महिला, सुत्केरी र तिनका शिशुहरूलाई सघाउने भएकी हुन् । ‘विपद्को घडीमा मातृभूमिमा युएनएफपीएसँग साझेदारी नवीकरण गर्न पाउँदा खुशी भएकी छु,’ कोइरालाले […]