इटहरीका प्रितम आचार्यले ‘सारेगमप लिटिल च्याम्प्स’ को मञ्चमा बारम्बार एउटै कुरा भनेका थिए, ‘म उदितनारायण झाको फ्यान हुँ। एकचोटि उनलाई भेट्न चाहन्छु।’ भारतीय टेलिभिजन च्यानल जिटिभीको ‘रियालिटी शो’ मा तेस्रो स्थान हासिल गरी फर्केका प्रितमसँग हामीले यही प्रश्नबाट कुराकानी सुरू गर्यौं, ‘उदितसँग भेट भयो त?’ ‘छुट्टै भेट त भएन, तर उहाँको अगाडि गाउने मौका भने […]