महाभूकम्पपछि सयौं जहाजको चाप थेगेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको धावनमार्ग उप्किएपछि झन्डै एक घन्टा विमानस्थ बन्द भएको थियो । दक्षिणी भेग कोटेश्वरबाट जहाज अवतरण (टच डाउन) गर्ने भागको दुई ठाउँमा उप्किएपछि विमानस्थल करिब एक घन्टा बन्द गरिएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले मर्मत गरेपछि जहाज उडान–अवतरण सुचारु […]