अर्थ

ठेकदार भागेपछि मल अभाव

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ बढेका कारण आपूर्तिकर्ता कम्पनी भागेपछि नेपालमा युरिया मलको चर्को अभाव भएको छ । हाल सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीसँग करिब पाँच हजार मेट्रिक टन युरिया मल मात्रै मौज्दात छ । यस्तै डीएपी दुई हजार र पोटास दुई हजार सात सय मेट्रिक टन मौज्दात छ । यतिबेला युरिया मलको माग सबैभन्दा […]

भारतीय नोट सटहीबारे अन्योल कायमै

प्रतिबन्धित ५ सय र १ हजार दरका भारतीय नोट ब्याङ्कमा जम्मा गर्ने म्याद भारतमा गुज्रिसकेको छ तर नेपालका ब्याङ्क, वित्तीय संस्था र व्यक्तिहरुसँग भएका प्रतिबन्धित भारु नोटबारे के गर्ने भन्ने अन्योल कायमै छ। नेपाल राष्ट्र ब्याङ्कका अधिकारी भन्छन्, अनौपचारिक कुराकानीमा नेपालमा रहेको नोटको व्यवस्थापनका लागि पहल भइरहेको भारतीय अधिकारीहरुले बताउने गरेपनि लिखित रुपमा गरिएको आग्रहको […]

फस्टाउन सकेन बर्दियाको पर्यटन ‍

पर्याप्त भौतिक पूर्वाधार नहुँदा पर्यटकीय नगरी बर्दियामा अपेक्षा गरेअनुरुप पर्यटक आउन सकेका छैनन्। जिल्लाको पर्यटकीय नगरी ठाकुरद्वारामा जानका लागि मुख्य मेरुदण्डका रुपमा रहेको ओराही नदीमा पुल छैन। पुल नभएका कारण वर्षात्को समयमा मुख्य पूर्वपश्चिम राजमार्गसम्म पुग्न निकै सास्ती खेप्नुपर्छ। नेपालको सबैभन्दा ठूलो निकुञ्जका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्दै ठूला जनावरलाई उनीहरुकै बासस्थानमै […]

बढ्यो घरजग्गा कारोबार

झुम्म मान्छेको भीड, सेवाग्राहीबीच टाउको जुध्लाजस्तो-बीचमा मालपोत अधिकृत । जग्गा रजिस्ट्रेसन पासको लिखत, लालपुर्जा हेरेर नागरिकतासँग प्रमाणित गर्दै थिए चाबहिल मालपोत कार्यालयका अधिकृत रञ्जन घिमिरे । पछिल्लो समय मालपोतमा हुने यस्तो भीडभाड स्वभाविक नै भएको छ । दैनिक साढे ११ बजेदेखि बेलुका ४ बजेसम्म यसरी नै मालपोतमा जग्गा पास, लिखत नामसारी, बकसपत्र तथा दृष्टि बन्धक […]

दुधको मुल्य नपाएपछि आफैं दुग्धजन्य उद्योग खोल्दै कृषक

मेहिनत र लागत अनुसार दुधको मुल्य नपाएपछि इलामका किसान आफै दुग्धजन्य उद्योग खोल्न अग्रसर बनेका छन्। बजारमा दूधको मूल्य कम भएपछि किसान आफैले घिउ, छुर्पी, चिज, ललिलप लगायत खाद्यवस्तु उत्पादन गरेका छन्। उनीहरु आफै किसान र आफै उद्यमको मालिक बन्न थालेका छन्। इलाममा अहिले २२४ वटा डेरी उद्योग सञ्चालनमा छन्। दर्ताको प्रक्रियामा समेत धेरै डेरी […]

सर्वाधिक धान उत्पादन

हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो) धान उत्पादन भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी परिमाणमा धान उत्पादन भए पनि मन्त्रालयले यसबारे आधिकारिक रूपमा […]

सिनर्जी पावरको आइपिओ खुल्यो, यी केन्द्रबाट दिन सकिन्छ आवेदन

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयरका लागि आवेदन खुलेको छ। कम्पनीले सर्वसाधारणतर्फको २१ लाख कित्ता सेयर शुक्रबारदेखि आवेदन खुला गरेको हो। जसमध्ये ६३ हजार कित्ता कर्मचारी र १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। इच्छुक आवेदकले आगामी मंगलबारसम्म आवेदन दिन सक्ने छन्। इच्छुकले सानिमा क्यापिटल  तथा सानिमा बैंकका सबै शाखा कार्यालयबाट […]

बन्ने भयो नागढुंगा-नौबिसे सुरुङ मार्ग

काठमाडौको नागढुंगदेखी धादिङ्को नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाल र जापानबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सुरुङमार्ग बन्ने पक्का भएको हो । नेपाल सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितिमा अर्थ सचिव डा. शान्तराज सुवेदी […]

‘गाई अनुदान’ कार्यक्रम रद्द

भूकम्पपीडित किसानलाई राहत दिने उद्देश्यले शत्प्रतिशत अनुदानमा कोरली गाई उपलब्ध गराउने सरकारको कार्यक्रम अन्ततः रद्द भएको छ । पशुपन्छी मन्त्रालयसहित मातहतका निकायले समयमा आवश्यक प्रक्रिया पूरा नगर्दा भूकम्पपीडित किसान राहतका लागि सरकारको मुख ताकिरहेको अवस्थामा कार्यक्रम रद्द भएको हो । भूकम्पपीडित २४ जिल्लाका किसानलाई तत्कालीन समयमा शतप्रतिशत अनुदानमा पशुपन्छी मन्त्रालयले बिमा गरिएका जर्सी जातका कोरली […]

२० का नयाँ नोट

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनका २० का नयाँ नोट चलनचल्तीमा ल्याएको छ। हाल चल्तीमा रहेका भन्दा केही विशेषता हेरफेर गर्दै ति नोटहरु चलनचल्तीमा ल्याइएको हो। पहिलेको नोटमा बाह्रसिंगेको तस्वीर भनिए पनि प्रष्ट रुपमा बाह्र सिङ देखिँदैनथ्यो। अहिलेका नयाँ नोटमा भने प्रष्ट रुपमा बाह्र सिङ देखिन्छ। त्यस्तै पहिलेको नोटमा एउटा जनावर रहेकोमा अहिलेका नोटमा २ वटा […]