बौद्धको समता अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ ।
सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।
तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो । कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो ।