हालै फिल्मी बजारमा एक गीतले बजार निकै तताएको थियो । जुन गीतमा अभिनेत्री प्रियंका कार्कीले बेड सिनहरु दिएकी थिईन् जसको कारण उनको सर्वत्र आलोचना भएको थियो ।अझै पनि नेपाली समाज त्यती खुलीनसकेको अवस्थामा कतिपय नायिकाहरु समेत यस्ता दृश्यहरु फिल्ममा दिन हिच्कीचाउँछन् ।यस्तैमा फिल्ममा किस सिन र बेड सिन नदिने भन्दै आएकी नायिका आँचल शर्माले प्रियंकाले दिएको जस्तो दृश्य दिन परे के गर्नुहुन्छ भन्ने प्रश्नमा आफु कुनै हालतमा त्यस्ता सिन दिन नसक्ने बताउँछीन् ।

आँचलले यस अघि फिल्म शत्रु गत्तेमा प्रियंका सँगै अभिनय गरेकी हुन् उनी भन्छिन् मैले वहाँको अभिनय कलाको प्रशंसा गर्छु तर वहाँले फिल्म कथा काठमाडौंको रातको कथा भन्ने फिल्ममा दिएको बेड सिन भुलेर पनि दिन नसक्ने बताउँछिन् ।