केही दिनयता देशभर मध्यमदेखि ठूलो स्तरको वर्षा भएका कारण सरकारले नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार विपद्सँग जुध्न सुरक्षाको उच्च सतर्कता अपनाइएको छ।
सोमवार खासगरी पश्चिमी भाग र काठमाण्डू उपत्यकामा धेरै वर्षा भएको भन्दै यो क्रम बुधवारबाट कम हुने मौसमविद्हरूले बताएका छन्।