भक्तपुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुरुङमार्ग बनाइ दिने भएको छ। नागढुगामा सुरुङमार्ग बनाउन अन्तिम तयारी गरिरहेको जाइकाले साँगामा पनि बनाउन लागेको हो।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जय श्रेष्ठले नागढुंगा सुरुङमार्गको फाइल जाइकाले अध्ययन गरेर फिर्ता दिने अन्तिम तयारीमा पुगेको बताए। उनले भने, ‘अबको दुई साताभित्रै सुरुङमार्ग बनाउन चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका लागि सार्वजनिक प्रस्ताव माग गर्ने तयारी भएको छ।’ यो सुरुङमार्ग सकेर जाइका साँगा जाने भएको हो।