रुसको क्रास्नोयारस्क क्षेत्रमा एमआई ८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
आपतकालीन सेवा अधिकारीहरूले विमानमा रहेका १५ जना यात्रु र ३ जना चालक दलका सदस्यको मृत्यु भएको बताएका छन्।
स्थानीय समयानुसार शनिबार बिहान १०: २० बजे सो हेलिकप्टर दुर्घटनामा परेको अधिकारीहरूले जनाएका हुन्।