चितवन – मुग्लिन नारायणगढ सडकको घुमाउने भन्ने स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

बिहान ६ बजेदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले रातोपाटीलाई जानकारी दिएको छ ।

यातायात अवरुद्ध हुँदा सयौं यात्रु समस्यामा परेका छन् । बर्खा लागेसँगै यस सडक खण्डमा पटक-पटक पहिरो खस्ने गरेको छ ।