कप्तान पारस खड्काले अत्यन्त रोमाञ्चक खेलको अन्तिम बलमा विपक्षीको विकेट लिएपछि नेपालले नेदरल्याण्ड्स १ रनले पराजित गरेको छ।
यो नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हो।
जित संगै दुई एकदिवसीय श्रृंखला १-१ को बराबरीमा टुंगिएको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४८ दशमलव ५ ओभरमा अलआउट हुनु अगाडि २१६ रन बनाएको थियो।
जवाफमा जितको नजिक आइसकेको आयोजक नेदरल्याण्ड्सलाई नेपालले २१५ रनमा रोक्न सफल भयो।