काठमाडौंमा इनार सफा गर्ने क्रममा निसास्सिएर तीन जनाको ज्यान गएको छ।
कपुरधारास्थित ७० वर्षीय मेघवरण गौतमको घरमा इनार सफा गर्ने क्रममा घरधनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा गौतमसहित भारत घर भई कपुरधारा बस्ने ३६ वर्षीय अशोक कुमार र कैलाली घर भएका ३० वर्षीय युवाको मृत्यु भएको हो।
घटना हुनेबित्तिकै प्रहरीको विपत व्यवस्थापन टिम पुगेपनि उनीहरूलाई बचाउन सकेन।