जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको वार्षिक श्वेतपत्रमा दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको उल्लेख गरिएको छ । त्यो क्रम पछिल्लो समयमा थप बढेको श्वेतपत्रमा उल्लेख छ ।

जापानको मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्न जापानले प्रविधिमा अझ बढी लगानी गर्ने पनि श्वेतपत्रमा सुझाव दिइएको छ ।

‘हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगिक क्रान्तिका विषेशताहरूलाई लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ’, श्वेतपत्रमा भनिएको छ ।

पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ । सन् २०१६ मा हरेक एक हजारमा वर्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीले बताएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जे आवेले जनसंख्या न्युनीकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु बनाइएको पनि जानकारी दिएका छन् । जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि श्वेतपत्रमा सुझाव दिइएको छ । सिन्ह्वा