बाटो, पुल, भवनलगायतका विकास निर्माणका जिम्मा लिने ठेकेदारमध्ये दुईतिहाइभन्दा बढीले तोकिएको समयमा काम सम्पन्न नगरेको पाइएको गृहमन्त्रालयले जनाएको छ।

गृहमन्त्री रामबहादुर थापाले पत्रकार सम्मेलन गर्दै त्यसरी विकास निर्माणका काम लिएर समयमा नसक्ने ठेकेदारहरूलाई कारबाही गर्ने बताए।

काम नहुने प्रवृत्ति देशभरि नै देखिएकोले ठेकेदारहरूलाई बोलाएर स्पष्टीकरण सोध्न निर्देशन दिइएको गृहप्रवक्ताले बताएका छन्।