दुई मन्त्रीसहति संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

उपेन्द्र यादव पहिले पहिलो गणत्रन्तिक सरकार मा पुष्प कमल दाहाल को मन्त्रि परिसद मा पररास्ट्र मन्त्रालय को जिम्मेबारी निभाई सकेका छन् भने त्यस्तै २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए।

त्यस्तै मोहम्मद इश्तियाक राईले यस अघि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री बनेर चर्चा कमाएका थिए।