मेघा बैंक नेपाल लिमिटेड (मेघा रेमिट) को सुपर एजेन्ट भई कार्य गर्न जि.एम.इ रेमिट प्रा.लि नियुक्त गरेको छ । उक्त सुपर एजेन्ट सम्बन्धि सम्झौतामा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र मेघा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत श्री रविना देशराज श्रेष्ठ ले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम मेघा रेमिट मार्फत पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्नेछ भने जि.एम.इ रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम मेघा बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।
हाल जि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।