एउटै फिल्म ‘ड्रिम्स’ बाट युवापुस्तामाझ चिनिएकी साम्राज्ञी राज्यलक्ष्मी शाहको दोस्रो फिल्म ‘तिमीसँग’ का टिजर सार्वजनिक भएको छ।

फिल्ममा साम्राज्ञीसँग नाजिर हुसेन र नव अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका छन्।

अभिनेता शिशिर राणाको डेब्यु निर्देशन रहेको फिल्मको रिलिज मिति तय भइसकेको छैन।