चर्चित पपगायिका एवं हलिउड नायिका सेलेना गोमेज ‘लुज ड्रेस’ पहिरिएर सेक्सी अवतारमा उत्रिएकी छिन् । बिहीबार लस एन्जल्समा हलिउडको एउटा गीत प्रोमोसनको क्रममा उनले यस्तो पहिरन लगाएकी हुन्।

२४ वर्षीया सेलेना कार्यक्रमपछि ट्याक्सीमा ब्वाइफ्रेन्डलाई पर्खिरहँदा उसको सेतो लुज ड्रेसअपले सबै फोटो पत्रकारहरुलाई तानेको थियो।

यसअघि उनले डस्ने स्टारको प्रोमोसनमा पारदर्शी कालो कपडा लगाएर सबैको ध्‍यान आफूतिर तानेकी थिइन् भने पापाराजीहरुको निशानामा परेकी थिइन् ।

जस्टीन बिबरसँगको ब्रेक अप र नेमारसँग डेटमा गइसकेकी सेलेना अहिले नयाँ नयाँ ड्रेस अपमा गीत संगीतको कार्यक्रम प्रवर्द्धन निस्किन थालेकी छिन्।