युरोपेली फुटबल महासंघले सार्वजनिक गरेको यस वर्ष च्याम्पियन्स लिगको ‘ड्रिम टिम’ मा नेइमार र डानी अल्भासले स्थान बनाउन सकेनन्।

प्रशिक्षकहरुको प्यानल, जसमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फेर्गुसन पनि समावेश टोलीले गरेको १८ सदस्यीय खेलाडीको छनोटमा नेइमार र अल्भासले मात्र होइन, लुइस सुआरेजले पनि स्थान बनाउन सकेनन्। खेलाडीहरुको नाम सार्वजनिक सूचीमा बार्सिलोनाका एक मात्र खेलाडीको रुपमा लिओनल मेसी समावेश छन्।

टिममा फाइनल खेलेको रियल म्याड्रिडको प्लेइङ–११ मा समावेश ८ खेलाडीको छनोट गरिएको छ। टिममा क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, लुका माड्रिक, टोनी क्रुस, मार्सेलो, डानी कार्भाहल, इस्को र कासेमिरो समावेश छन्। फाइनल खेलेको युभेन्ट्सबाट तीन खेलाडी गोलरक्षक जियानलुइगी बुफोन, लियोनार्दो बोनुसी र मिरालेम पाज्नीकलाई पनि समावेश गरिएको छ।

एट्लेटिको म्याड्रिडका जान ओब्लाक, डिएगो गोडिन, आन्टोन ग्रिजम्यान, मोनाकोका टाइमोउ बाकायोको र किशोर खेलाडी काइलियान माबाम्पे र वार्यन म्युनिखबाट रोबर्ट लेवान्डोस्कीलाई पनि टिममा समावेश गरिएको छ।