विभिन्न सामाजिक सेवामा क्रियासिल नेपाल रेयूकाई र रोटरी क्लब पाटनको संयुक्त आयोजनामा पाटन दरवार स्क्वायर परिसरमा आज रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा रेयूकाई दक्षिण एशिया ब्यूरो चिफ हिरोताका नाकाजिमा, नेपाल रेयूकाईका अध्यक्ष कैलाश विक्रम शाही, रोटरी क्लब पाटनका अध्यक्ष मिनु श्रेष्ठ तथा कार्यक्रम संयोजक बाबुराम श्रेष्ठको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस भक्तपुर शाखाबाट पाल्नु भएको स्वास्थ्यकर्मीहरु पनि उपस्थिति रहेको यस कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको नेपाल रेडक्रसले जानाएको छ ।