एकिकृत अनुसन्धान संस्थाले काठमाडौ गोलढुंगास्थित एक दृष्टिविहीन बालबालिका आवास गृहका बालबालिकालाई प्राविधिक सामग्री र लत्ताकपडा सहयोग गरेको छ ।
काठमाडौंको बालाजुबाट ४ किलोमिटर उत्तरपूर्वतर्फ गाडीमा गुडेपछि तारकेश्वर नगरपालिकाको वडा नं. १० गोलढुंगा पुगिन्छ । त्यहाँ पुगेपछि एउटा भुइँतले घरमा ‘निःशुल्क शैक्षिक आवास’ लेखिएको साइनबोर्ड देखिन्छ । उक्त आवासमा १२ जना दृष्टिविहीन बालबालिका बस्ने गरेका छन् । तिनीहरुलाई दुर्गम जिल्ला मुगु, हुम्ला, जुम्ला लगायत रोल्पा, काभ्रे, रामेछापबाट ल्याइएका हुन् । तिनीहरु अधिकांश अभिभावकविहीन छन् भने कोही अभिाभावक भएर पनि उनीहरुबाटै अपहेलित भएकाहरु छन् । उनीहरुलाई शिक्षादीक्षा र पालनपोषण गर्ने संस्थाको नाम नेपाल एकिकृत नेत्रहीन विकास संघ हो ।
यी १२ जना बालबालिका नजिकैको पृथ्वीनारायण उमाविमा पढ्छन् । पृथ्वीनारायण उमावि यहाँको एक सामुदायिक (सरकारी) विद्यालय हो । विद्यालयका प्राचार्यका अनुसार सबै बालबालिका फस्र्ट ¥याङ्कको रहेको छ । यी फरक बालबालिकाहरु विद्यालयका अन्य सबलाङ्ग विद्यार्थीभन्दा अब्बल रहेको प्राचार्यले बताए ।
एकिकृत सामाजिक विकास तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष मोहन ज्ञवाली गोलढुंगा पुगी नेत्रविहीन विकास संघका अध्यक्ष विनोद काफ्लेसँग प्रत्यक्ष भेटेका थिए । काफ्लेसँगको प्रत्यक्ष भेट तथा ज्ञवालीले तिनै बालबालिकासँग सामूहिक भलाकुसारी गरेपछि तत्काललाई अत्यावश्यक चाहिने सामग्रीको बारेमा सोधेका थिए । सबैसँगको आपसी छलफलबाट एलइडी टीभी, एमपी थ्री रेकर्डर, जाडोका लागि हाइनेक आवश्यक रहेको महसुस गरियो । जसअनुसार प्रतिष्ठानका अध्यक्ष ज्ञवालीबाट एउटा ३२ इन्चको एलइडी टीभी, अध्यक्ष काफ्ले दम्पती र आवासमा सहयागीको रुपमा काम गर्ने एक महिला गरी १५ जनालाई हाइनेक ज्याकेट र ६ वटा एमपी थ्रि रकर्डर प्रदान गरियो । दुर्भाग्यवस सोही दिन एकजना बालिका बिरामी भएकीले अनुपस्थित रहिन् । काफ्लेका अनुसार उनलाई त्यसै दिन आफन्तलाई बुझाइएको बताए ।
सामग्री पाएपछि बालबालिकाहरु खुशीले दंग थिए । उनीहरु एकैस्वरमा भने– “अब हामी टिभी हेरेपछि त्यहाँ प्रसार हुने कमेडीहरुको सहजै नक्कल गर्न सक्छौं । हामी पनि कलाकार बन्न योग्य हुने छौं, मनोरञ्जन त हने नै भयो ।” अन्तिममा उनीहरुले थपे–“रकर्डरले आफ्नो स्वर आफैंले परीक्षण गर्ने मात्र होइन, पढाइमा पनि सहयोग पुग्ने भयो । न्यानो हाइनेकले जाडो त छेक्ने नै भयो !”