क्रिश्मसको समयमा सबै भन्दा बढि सुनिने माथीका पंक्तिका गायक जर्ज माईकलले अन्तत क्रिश्मसकै दिन बेलायतको अक्सफोर्डशायरमा यो संसार छोडेका छन्। स्वर्गीय माईकलका प्रवक्त्ताले मृत्युको पुष्टि गर्दै भनेका छन् “हाम्रा संगीतका ताराले शान्तीपूर्णरुपमा घरैमा मृत्यु वरण गरेका छन्।” थेम्स भ्याली प्रहरीका अनुसार उन्को मृत्यु अस्वभाविक भएतापनि संकास्पद अवस्था नरहेको बताईएको छ। उनी ५३ बर्षका थिए र मृत्युको कारण निमोनिया भएको जनाईएको छ।

विगतमा उनिसंगै सहयात्रा गरेका अर्का शुप्रसिद्ध गायक सर एल्टन जोनले इन्सट्राग्राम मार्फत समवेदना प्रकट गर्दै भनेका छन् “ मेरो अति प्रिय साथीलाई गुमाउनुपर्दा म अत्यन्त मर्महात भएको छु, उ एक उदार आत्मा, दयालु र विलक्षण कलाकार थियो। मेरो मन् मुटु उस्को परिवार र तमाम फ्यानका साथ छ।”


को हुन् जर्ज माईकल?
व्हायम नामक साँगितीक समुहबाट सन् १९८० को दशक देखी आफ्नो यात्रा सुरु गरेका उनले एकल गायनबाट अमm प्रसिद्धि कमाएका थिए। उनि समकालिन युवाका आईडल देखी हाल सम्मकै सपर स्टार थिय। उनी गायन, लेखन र संगित उत्पादनका विलक्षण प्रतिभा थिए। उनी विश्वकै बेष्ट सेलिङ्ग आटिष्त थिय। ४ दशकको उनको साँगितीक यात्रामा करिब १०० मिलियन एल्वम बिक्री भएको रेकर्ड छ।